एमाओवादीमा प्रवेश गर्नेलाई ३ अर्ब !

४ कात्तिक, काठमाण्डौं । चुनावी मैदानमा उत्रिएका धेरै उम्मेदवार खर्च धान्न नसकेर छटपटाइरहेका बेला एमाओवादीले भने विभिन्न पार्टीका नेता कार्यकर्तालाई आफूतिर प्रवेश गराउननका लागि मात्रै ३ अर्ब रुपैयाँ छुट्याएको खुलासा भएको छ । लडाकु शिविरको नौ अर्ब रुपैयाँ र सरकारमा रहेका बेला जम्मा भएको अर्बौ रुपैयाँबाट एमाओवादीले अन्य पार्टीका लोभीपापीलाई किनेर भित्र्याउने रणनीति अपनाएको छ । एमालेका तत्कालीन उपाध्यक्ष अशोक राई लगायतलाई पार्टी छोडाउनका लागि मात्रै तीन करोड खर्च गरेको एमाओवादी अध्यक्ष प्रचण्डले एमालेकै नेता रामचन्द्र झा, उर्मिला अर्याल र विषमलाल अधिकारीलाई पार्टी प्रवेश गराउँदा टिकट र पैसा दुवै कबोल गरेको खुलासा भएको छ ।
एमालेबाट टिकट नपाएपछि एमाओवादीमा प्रवेश गरेका सिन्धुलीका विषमलाल अधिकारीले पार्टी प्रवेशका लागि आफूले २० लाख रुपैयाँ पाएको र त्यसबाट केही रकम बाँडौंला भन्दै केही एमाले कार्यकर्तालाई फकाएपछि यसको खुलासा भएको सोमबार प्रकाशित साँघु साप्ताहिकमा खबर छ ।
ढाँट, छल, आश्वासन र उग्र जातीय नाराहरु असफल हुँदै गएको र अघिल्लो निर्वाचनमा जितेका सभासदहरु आर्थिक, चारित्रिक र अन्य काण्डमा लागेर विगि्रएकाले एमाओवादीले यसपटक नयाँ रणनीति अघि सारेको हो ।
राजनीतिक बिश्लेषकलाई पनि खुराक
एमाओवादीले यसपटक केही राजनीतिक विश्लेषक र बुद्धिजीवीहरुलाई खर्च दिएर आफ्नो पक्षमा लबिङ गराउने भएको छ । मुलधारका मिडियामा बिक्ने लेखकहरुका लागि एमाओवादीले खर्चको जोहो गर्ने भएको हो । लेखकहरु सिकेलाल, झलक सुवेदी, खगेन्द्र संग्रौलालगायतलाई एमाओवादीले प्रयोग गर्ने नीति लिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.