आजको पञ्चाङ्ग र राशीफल (२०७०/आश्विन /१३ /आइतबार )
विक्रमसंवत् २०७० साल आश्विन १३गते आइतवार,
ईश्वीसन् २०१३ सेप्टेम्बर २९, नेपाल संवत् ११३३,
आज सोह्रश्राद्ध अन्तर्गत दशमी श्राद्ध, मातृ दशमी श्राद्ध,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
समय
राम्रै छ । साथीभाइ जम्मा भई मनोरञ्जनमा दिन बित्ने छ । लामो समयदेखि
गरेका कामको सही मूल्याङ्कन हुने समय आएको छ । जति सक्दो नयाँ झन्झटबाट
मुक्त रहनु होला । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु
पर्ने देखिन्छ । शुभ कुराको संकेत मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हिजोआज
राम्रै समय चल्दैछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि
हुनेछ । घरमा विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ ।
कुनै विशेष लाभदायक समाचार सुन्न पाइएला । सामाजिक कामबाट प्रशंसा प्राप्त
हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको
दिन सामान्य छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै
आत्मसन्तुष्टि प्राप्त हुनेछ । सञ्चार क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन
सकिनेछ । व्यापार व्यवसाय त्यसमा पनि साजसज्जा र श्रृङ्गारका सामाग्री
विक्रेताका लागि विशेष लाभदायक छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा
अशान्ति र छटपटी व्याप्त हुने छ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक
भोगविलासमा तिर्सना जाग्नेछ । माया प्रेमको लागि खर्च हुने देखिन्छ ।
खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मनमा अशान्ति र छटपटी
व्याप्त हुने छ । समय राम्रो छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
छोराछोरीबाट
पनि सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । उपहार प्राप्त
हुने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । भौतिक साधनको जोहो हुनाका साथै
मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । जीवनसाथीको भरपुर
सहयोग प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
चाहनाबमोजिम
कार्य सम्पन्न हुनेछन् । अनावश्यक खर्चको योग छ तर व्यवसायिक क्षेत्र
लाभप्रद रहने छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु
होला । पारिवारिक सुख मिल्नुका साथै साथीहरुसित मनोरंजन गर्ने अवसर
जुर्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज
प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण दिन हो । त्यसैले आज साँझ
उत्तर वा पूर्व दिशाको यात्रा गर्नुहोस् अनि खोला वा पोखरीका जलजन्तुलाई
चारा हाल्नुस् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य
सम्पन्न हुनेछ । शुभ कुराको संकेत मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
खराब
समय छ । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । यात्राको योजना छ भने
स्थगित गर्नु बेस हुन्छ । शरीरमा पीडा हुनेछ । धेरै उमङ्ग नल्याउनु नै बेस
होला । घाउचोट तथा अन्य वस्तुले पनि दुःख दिनेछ । अप्रिय समाचार सुन्नु
पर्दा मन खिन्न हुने स्थिति आउने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दाम्पत्य
जीवनमा समेत सामान्य खटपट हुने सम्भावना छ । मध्याह्नपछि त्यत्ति राम्रो
छैन । भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, त्यसैले
महत्वपूर्णकाम दिनको पूर्वाद्र्धभित्रै सक्नु होला । पारिवारिक जीवन
सामान्य र सन्तोषप्रद रहने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज
पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र
थकानको अनुभव हुनेछ, आफुलाई पनि चोटपटकको भय छ । खानपिनमा नियन्त्रण गर्नु
बेस हुनेछ, साँझमा अचानक पेटको समस्याले सताउन सक्छ । विचार गरेर काम
गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यापार
व्यवसाय मध्यम रहेको छ । बौद्धिक क्षेत्र राम्रो देखिन्छ । गरेका
कार्यहरुमा ढिलोमात्र सफलता मिल्नेछ । पारिवारिक सम्बन्ध सामान्य रुपले
अगाडि वढ्ने छ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । समय राम्रो छैन ।
मित्रको व्यवहार शत्रुतापूर्ण हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरगृहस्थीमा
धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा
रहनेहरुले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रुपमा
स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति
जिम्मेवारी बोध हुनेछ ।
स्मरण गर्नुहोस् :-
माथि राशिफलमा लेखिएको विवरण जस्तो भएपनि तपाईंले आफ्नो कर्ममा विश्वास राख्नु पर्छ,
आफ्नो दायित्वर कर्तव्यलाई जिम्मेबारीपूर्वक पालना गर्नुपर्छ एवं प्रत्येक दिन यो राशिफल हेरीसकेपछि
अहिलेसम्म मैलेपरोपकार र सार्वजनिक हीतका निम्ति केके गरें भन्ने चिन्तन गर्ने बानी बसाल्नुहोस्, अनिमात्र
यहाँ लेखिएकाशुभफलहरू प्राप्त हुन्छन्, अशुभ र अनिष्ट फलमा न्यूनीकरण हुन्छ वा नाश भएर जानेछ
आफ्नो दायित्वर कर्तव्यलाई जिम्मेबारीपूर्वक पालना गर्नुपर्छ एवं प्रत्येक दिन यो राशिफल हेरीसकेपछि
अहिलेसम्म मैलेपरोपकार र सार्वजनिक हीतका निम्ति केके गरें भन्ने चिन्तन गर्ने बानी बसाल्नुहोस्, अनिमात्र
यहाँ लेखिएकाशुभफलहरू प्राप्त हुन्छन्, अशुभ र अनिष्ट फलमा न्यूनीकरण हुन्छ वा नाश भएर जानेछ
मिति २०७० असोज महिनाको १२ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
स्मरण गर्नुहोस् :-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राम्रो
समयको योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरीद गर्दा लाभ प्राप्त
हुनेछ । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ । धार्मिक कार्यको
लागि तपार्इं स्वयं लाग्नु पर्नेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले
महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ
कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा लगानी
लगाउने बेला छ । शुभ समाचार प्राप्त हुने योग छ । मन त्यसै त्यसै फुरुङ्ग
हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरुसँग
भेटघाट र रमाइलो गरिने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
तपाईंको
कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट
व्यक्तिसँग वादविवाद पर्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच
आउने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने छ । परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
असल
समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । पहिले भएका
घटनाको स्मरणले मन त्यसै एकतमासको हुने दिन छ । आम्दानीमा कमी आउने छैन ।
समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष
सबैको जिम्मा लिनु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापारी
र कर्मचारीका लागि आजको दिन सन्तोषजनक रहनेछ । पशुपालक र कृषकले झमेला
व्यहोर्नुपर्छ । घरपरिवारभन्दा अन्त जाँदा मानसिक रुपमा सन्तोष प्राप्त
हुने दिन छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन ।
प्रेम सम्बन्धमा तिक्तता आउने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक
कामबाट प्रशंसा प्राप्त हुनेछ । ठूलाबडाले सहयोग गर्नेछन् । शुभ कुराको
संकेत मिल्नेछ । यात्राको समय छ । लामो समयदेखि विरामी हुनुहुन्छ भने आज
पूर्व वा दक्षिण दिशामा रहेको कुनै देवालयमा गई दर्शन गर्नुस् र दिनभरि
झुठो नबोल्नोस् रोगबाट छिटै मुक्ति पाउनु हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतिकूल
समय चल्दैछ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम
सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ
। आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साँझको समय अलि बढी
निराशाजनक रहने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हाँसखेल
र मनोरञ्जनपूर्ण समय छ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट
गरिएको कामबाट फाइदा हुनेछ । माया प्रेममा फसिने बेला छ, तपार्इं धेरै
उम्किन प्रयास नगर्नु बेस होला । सन्तानपक्षको राम्रो माया मिल्नेछ । समय
राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काम
गर्दा विभिन्न समस्या आइलाग्न सक्छन् । परिणाम सोचे जस्तो नहुन सक्छ ।
सानोतिनो कामका लागि पनि निक्कै खट्नु पर्छ । आर्थिक समस्या बढ्ने दिन होे
आज । साँझसम्ममा कुनै महत्वपूर्ण काम भएको खबर पाउने योग छ । पारिवारिक
जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राम्रो
समयको योग छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । आज
शैक्षिक प्रगतिका लागि ठूलो फड्को मार्न सकिने दिन हो, पठनपाठनमा ध्यान
दिनु बेस हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु
सानातिना कामको झमेला आउनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज
दिक्क र झर्को लाग्दो दिन छ । अनावश्यक यात्रा हुने सम्भावना छ । गुप्त र
मानसिक रोगले सताउन सक्छ । काममा ढिलासुस्ती हुने योग छ । दिनको सुरुआतमा
मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । साँझमा मनमा थोरै
रमाइलोको अनुभूति हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक
क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आज जग्गाजमिनको कारोबार गर्दा असल
हुने सङ्केत छ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । साथीभाई
र नातागोताको सहयोग प्राप्त हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ भेटघाट
राम्रै होला । मानसम्मान मिल्नेछ ।
स्मरण गर्नुहोस् :-
माथि राशिफलमा लेखिएको विवरण जस्तो भएपनि तपाईंले आफ्नो कर्ममा विश्वास राख्नु पर्छ,
आफ्नो दायित्व र कर्तव्यलाईजिम्मेबारीपूर्वक पालना गर्नुपर्छ एवं प्रत्येक दिन यो राशिफल हेरीसकेपछि
अहिलेसम्म मैले परोपकार र सार्वजनिक हीतकानिम्ति केके गरें भन्ने चिन्तन गर्ने बानी बसाल्नुहोस्,
अनिमात्र यहाँ लेखिएका शुभफलहरू प्राप्त हुन्छन्, अशुभ र अनिष्टफलमा न्यूनीकरण हुन्छ वा नाश भएर जानेछ ।
आफ्नो दायित्व र कर्तव्यलाईजिम्मेबारीपूर्वक पालना गर्नुपर्छ एवं प्रत्येक दिन यो राशिफल हेरीसकेपछि
अहिलेसम्म मैले परोपकार र सार्वजनिक हीतकानिम्ति केके गरें भन्ने चिन्तन गर्ने बानी बसाल्नुहोस्,
अनिमात्र यहाँ लेखिएका शुभफलहरू प्राप्त हुन्छन्, अशुभ र अनिष्टफलमा न्यूनीकरण हुन्छ वा नाश भएर जानेछ ।
हामीकहाँ धेरै मानिसको आउजाउ हुने सार्वजनिक स्थानहरु तथा सांस्कृतिक सम्पदाको आसपासमा जोडी कसेर बस्ने ठिटाठिटीहरुमाथि समेत प्रहरीको नजर पर्छ र उनीहरुलाई अश्लीलता फैलाएको भन्दै घोक्रेठ्याँक लगाएर पुलिस चौकीमा पूराइन्छ वा लखेटिन्छ । तर हाम्रोमा जस्तो यो दुनियामा सबैतिर हुन्छ भन्ने कहाँ छ र ? विश्वमा एउटा यस्तो देश पनि छ जहाँ सार्वजनिक स्थानमा प्रेमी प्रेमिका अँगालो मारेर बस्न पाइने मात्र होइन मज्जाले हस्तमैथुन समेत गर्न पाइन्छ ।
हो, युरोपेली मुलुक स्विडेन विश्वको पहिलो छाडा मुलुक बनेको छ जहाँ अब तन्नेरीहरुले इच्छा जाग्नेबित्तिकै सार्वजनिक स्थानमै हस्तमैथुन गर्न सक्नेछन् । स्विडेनको एक अदालतले हालै सार्वजनिक स्थानमा हस्तमैथुन गर्नु अपराध नभएको फैसला गरेपछि छाडा तन्नेरीहरु हौसिएका छन् ।
स्विडेनको सोडरटन जिल्ला अदालतले हालै एक मुद्दामा फैसला गर्दै धेरै मानिस भेला हुने सामुदि्रक तटमा हस्तमैथुन गर्नु कुनै अपराध नभएको बताएको छ । गएको जुन महिनामा एक सामुदि्रक तटमा नांगै भएर हस्तमैथुन गरिरहेका ६५ वर्षका एक पुरुष विरुद्धको मुद्दामा न्यायाधीशले ती वृद्धलाई सफाइ दिएका हुन् । अदालती फैसलामा ती पुरुषले सार्वजनिक स्थानमै हस्तमैथुन गरेपनि त्यो कसैप्रति लक्षित नभएकाले त्यसलाई यौनिक अपराध भन्न नमिल्ने उल्लेख छ । जिल्ला अदालतले गरेको यस्तो फैसलाप्रति सरकारी वकिलले असन्तुष्टी जनाउँदै यसले सामाजिक रुपमा विकृती फैलाउने जिकिर गरेका छन् । स्मरण रहोस् स्विडेन यस्तो देश हो जहाँ दुइ महिनाअघि एक राजनीतिक दलले पुरुषहरुले उठी उठी पिसाब गर्न नपाउने कानून बनाउनुपर्ने र पिसाब गर्दा पुरुषले पनि बस्नुपर्ने नियम बसाल्नुपर्ने माग गरेको थियो ।


