Your are browsing : खेलकुद
१५
मंसिर, काठमाण्डौं । ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटको तेस्रो स्थानका
लागि आज नेपाल र यूएई भिड्दैछन् । खेल नेपाली समय अनुसार अपराहृन पौने ४
बजेपछि अबुधाबीमा हुनेछ ।
सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित
भएको थियो भने आयरल्याण्डले यूएईलाई हराएको थियो । उपाधिका लागि आजै
अफगानिस्तान र आयरल्याण्ड भिड्नेछन् । नेपाल विश्वकपका लागि भने छनोट
भइसकेका छन् ।
१२
मंसिर, काठमाडौं । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले ट्वान्टी-२०
विश्वकप क्रिकेटका लागि छनोट भएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई
हार्दिक बधाई दिनुभएको छ ।
नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता
भएको भन्दै उहाँले यस सफलतासँगै नेपाल र नेपाली खेलकुदको प्रतिष्ठा
विश्वसामु थप अभिबृद्धि भएको र समस्त नेपाली खेलप्रेमीहरुको उत्साह र हौसला
पनि बृद्धि भएको बताउनुभएको छ ।
विश्वकप खेलमा छनौट हुने अवस्थासम्म
आइपुग्न नेपाली क्रिकेट टोलीका कप्तान, सदस्यहरु, प्रशिक्षक, समर्थक तथा
क्रिकेटसँग सम्बद्ध सबैले गरेको निरन्तरको प्रयास, लगनशीलता र
आत्मविश्वासको प्रंशसा गर्दै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले आगामी दिनमा
लागि नेपाली क्रिकेट टोलीको निरन्तर सफलताको शुभकामना दिनु भएको उहाँका
प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनु भएको छ ।
यसैबीच राष्ट्रिय खेलकुद परिषद्ले नेपाली
क्रिकेट टोलीलाई बधाइ दिएको छ । सिमित श्रोत र साधनका बावजुद पनि सिमित
राष्ट्रहरुको मात्र पहँुच रहेको क्रिकेटको विश्वस्तरिय प्रतियोगितामा
प्रवेश गर्नु भनेको खेलाडी, प्रशिक्षक र संघको बहादुरी भएको भन्दै परिषद्ले
उचित पुरस्कारका लागि मन्त्रालयमार्फत सिफारिस गर्ने निर्णय गरेको छ ।
हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले आगामी वर्ष वंगलादेशमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको छ । नेपालको जितमा सरद भेसवाकर नायक बने । कप्तान पारसको व्याटिङ र जितेन्द्रको बलिङ उत्कृष्ट
मंसिर १२ काठमाडौं- १७ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपाल बुधबार सबैभन्दा ठूलो खेल खेल्न मैदानमा उत्रँदैछ, जहाँ नेपालसामु चुनौतीसँगै इतिहास बनाउने ठूलो अवसर पनि हुनेछ। आइसिसी विश्व ट्वान्टी–२० छनोटमा पाएको यो चुनौती र अवसरलाई नेपाल विश्वकपमा पुर्याएर टुंग्याउने लक्ष्यमा छ।
दुबईस्थित अबुधाबीको शेख जायेद रंगशालामा हङकङसँग हुने खेलमा विजय पाए नेपाल अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुनेछ। छनोट भएमा नेपाल र हङकङ दुवैका लागि विश्वकप पहिलो अवसर हुनेछ। पराजित हुने टोलीले प्लेअफबाट आउने टोलीसँग खेल्न अर्को अवसर पाउनेछ।
कप्तान पारस खड्का नेपालले हङकङसँग सतप्रतिसतभन्दा बढी योगदान दिएर खेल्नुपर्ने बताउँछन्। 'हामी विश्वकपनजिक छौं, एक खेलले हाम्रो विश्वकप सपना साकार पार्न सक्छ, त्यसका लागि हामीले सबै शक्ति लगाउने छौं,' पारस उत्कृष्ट अवसर गुम्न नदिनेमा विश्वस्त छन्। उनी भन्छन्, 'यो प्रतियोगितामा राम्रो खेलिरहेका हुनाले हामी हङकङ सहज ठान्दैनौं। त्यसैले हामीले राम्रो खेल्न जरुरी छ।'
पूर्वकप्तान विनोद दास अहिले नेपालसामु जुन अवसर छ, त्यसलाई हेर्दा नेपालले दोस्रो अवसर सोच्दै नसोचेको दाबी गर्छन्। 'हङकङ र नेपाल समान टोली हो, दुवैको सम्भावना समान छ। हङकङको तुलनामा नेपाली टोली बलियो छ, त्यसैले हामीले हङकङसँगको खेलबाट विश्वकप यात्रा समात्नुपर्छ,' उनले भने।
प्रतियोगितामा हङकङले दुई दिनअघि समूह विजेता बन्ने मौका गुमाएपछि नेपालसँग निर्णायक खेल खेल्न लागेको हो। आयरल्यान्डलाई समूह चरणको अन्तिम खेलमा पराजित गरेको भए हङकङ समूह विजेता भएर विश्व ट्वान्टी–२० लाई छनोट हुन्थ्यो। हङकङले ८५ रनले नतिजा सुम्पिएपछि टोली नेपालसँग खेल्न आइपुगेको हो। यसअघि टोली युएईसँग पराजित भएको थियो।
विश्व ट्वान्टी–२० छनोटमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहका विजेता टोली विश्व ट्वान्टी–२० लाई छनोट हुने प्रावधानअनुरुप समूह 'ए' बाट आयरल्यान्ड र समूह 'बी' बाट अफगानिस्तान ट्वान्टी–२० विश्वकपमा छानिसकेका छन्। आयरल्यान्डसँग हारेपछि हङकङ समूहमा दोस्रो भयो। समूह चरणको दोस्रो अन्तिम खेलमा अफगानिस्तानसँग ९ विकेटले पराजित भएपछि समूह विजेता बन्ने सम्भावना समाप्त भएको नेपाल अन्तिम खेलमा बर्मुडामाथि २१ रनको जितबाट दोस्रो चरण प्रवेश गरेको थियो। नेपाल समूह 'बी' मा तेस्रो भयो।
नेपाल र हङकङ पाँचौंपल्ट आमनेसामने हुन लागेका हुन्। यसअघि चार भेटमा दुवै टोलीले २–२ विजय पाएका छन्। गत वर्ष यस प्रतियोगितामा नेपालले हङकङलाई २८ रनले पराजित गरेको थियो। ठीक ७ महिनाअघि काठमाडौंमै सम्पन्न एसिसी ट्वान्टी–२० कपमा नेपाललाई ६ विकेटले पराजित गरी हङकङले बदला लिएको छ।
बुधबारको खेल फरक हुने प्रशिक्षक पुबुदु दासानायकेले राम्रोसँग बुझेका छन्। 'हङकङ राम्रो टोली हो र हामीलाई उनीहरूसँग खेल्दाको अनुभव छ,' दासानायकेले भने, 'हामीलाई उनीहरूको शक्ति र कमजोरीबारे थाहा छ। उनीहरूसँगको खेलका लागि हामीले केही निश्चित योजना बनाएका छौं। यो योजनाअनुसार खेल्दै हामी ट्वान्टी–२० विश्वकपको टिकट काट्न चाहन्छौं। उनीहरूलाई हराउन हामीले सबै क्षमता प्रयोग गर्नुपर्छ।'
दुबई बेस रहेको नेपाली टोली अघिल्लो दिन अबुधाबी पुगेको थियो। नेपालले समूह चरणको खेल दुबई र शारजहाँमा खेलेको थियो। त्यो हिसाबमा हङकङलाई फाइदा छ। अबुधाबीमा रहेको हङकङले समूह चरणको प्रायः खेल शेख जायेद रंगशालामै खेलेको थियो।
नेपालको प्रमुख समस्या मध्यपंक्तिको इनिङ्स तान्न नसक्नु हो। यस्तो अवस्थामा देब्रेहाते स्पिनरहरू मुनिर दार र नदिम अहमद नेपालको तगारो बन्न सक्छन्। काठमाडौंमा २०११ को एसिसी ट्वान्टी–२० कपमा ११ विकेटका साथै अलराउन्ड प्रदर्शन गर्दै मुनिर म्यान अफ द सिरिजमा चुनिएका थिए। उनले यो प्रतियोगितामा १४ विकेट लिइसकेका छन्। पछिल्लो पटक नेपालविरुद्ध खेल्दा ३ विकेट लिइ म्यान अफ द म्याचमा चुनिएका नदिमले यो प्रतियोगितामा ७ विकेट लिइसकेका छन्।
राष्ट्रिय खेलाडी सञ्जम रेग्मी बर्मुडासँगको ब्याटिङक्रम नेपालले निरन्तरता दिनुपर्ने बताउँछन्। बर्मुडासँगको खेलमा ज्ञानेन्द्र मल्लको स्थानमा नेपालले प्रदीप ऐरीलाई तेस्रो नम्बरमा पठाएको थियो। ज्ञानेन्द्र तेस्रो नम्बरमा खेल्न गएका थिए। पहिलो दुई खेलमा खासै योगदान दिन नसकेका प्रदीपलाई त्यसपछि दुई खेलमा पहिलो रोजाइमा राखिएको थिएन भने बाँकी दुई खेलमा मध्यपंक्तिबाट खेलाउँदा प्रयोगविहीन जस्तै भएका थिए।
|
|
काठमाण्डौ । ट्वान्टी ट्वान्टी विश्व कप क्रिकेटको छनोटमा नेपालले बर्मुडालाई २१ रनले पराजित गरेको छ । जितसंगै नेपाल अघिल्लो चरण प्रवेश गरेको छ । अघिल्लो चरणको शीर्ष चारमा परे नेपाल विश्वकपका लागि छनोट हुने छ । १४९ रनको लक्ष्य पछ्याएको बर्मुडा १९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटिएपछि नेपाल २१ रनले विजयी भएको हो ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाउँदै एक सय ४८ रन जोडेको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र खड्काले २ चौका र ६ छक्काको मदतमा सर्वाधिक ३९ रनको योगदान दिए । खकुरेलले ३५ बलको सामना गरेका ओप्नर ब्याट् सम्यान सुवास खुकुरेलले तीन चौकासहित ३५ रन जोडेका हुन् । यस्तै सागर पुनले दुई चौका र एक छक्का प्रहार गर्दै १९ रन जोड्दा प्रदीप एरीले २२ रनको योगदान दिए ।
यसैगरी विनोद भण्डारी १३ रन जोड्दा सरद भेष्वाकर र कप्तान पारस खड्काले समान ७-७ रनको योगदान दिए । यस्तै शक्ति गौचन र बसन्त रेग्मीले १-१ रनका योगदान दिए । अहिले बर्मुडाले जवाफी व्याटिङ गरिरहेको छ । ताजा अवस्थामा बर्मुडाले चार ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १६ रन जोडेको छ ।

युएईमा शुक्रबारदेखि सुरु भएको ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले डेनमार्कलाई ५ विकेटले पराजित गरेको छ । डेनमार्कले प्रस्तुत गरेको ८० रनको विजयी लक्ष्य नेपालले १३.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । निकै खराव सुरुवात गरेको नेपालको पारी कप्तान पारस खड्का र सुवास खकुरेलले सम्हालेका थिए । नेपालले खराव सुरुवात गर्ने क्रममा ओननर प्रदीप ऐरीलाई पहिलो ओभरको चौथो बलमा शुन्यमा नै गुमाएको थियो भने दोस्रो ओभरको पहिलो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल पनि खाता नै नखोली पभेलियन फर्किए । नेपालले दोस्रो ओभरको चौथो वलमा खाता खोलेको थियो ।
नेपालका लागि कप्तान पारसले पाँच छक्का र एक चौकासहित ४८ रन बनाए । पारससँग ६४ रनको साझेदारी गरेका सुवास व्यक्तिगत १६ रनमा आउट भए । पारसको स्थानमा आएका विनोद भण्डारी पनि शुन्यमै आउट भए । सरद भेसवाकर ५ र सागर पुन २ रनमा अविजित रहे ।
यसअघि आईसीसी एकेडेमी ओभल २ मा टस जितेर पहिले व्याटिङ थालेको डेनमार्कले अन्तिम २ बल बाँकी छँदा सबै विकेट गुमाएर ७९ रन बनाएको थियो ।
नेपालका लागि सागर पुनले ३ ओभरमा १२ रन दिएर ३ विकेट लिए । बसन्त रेग्मीले २.४ ओभर बलिङ गर्दै ८ रन दिएर २ विकेट लिए भने समान विकेट लिएका जितेन्द्र मुखियाले ३ ओभरमा १६ रन दिए । कप्तान पारस खड्का र शक्ति गौचनको नाममा एक-एक विकेट रहृयो । अमृत भट्टराईले भने ३ ओभरमा १० रन खर्चिए पनि विकेट लिन सकेनन् ।
नेपालले शनिबार केन्यासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले तुलनात्मकरुपमा बलियो प्रतिद्धन्दीको सामना गर्नु पर्ने छ । नेपाल रहेको समूहमा डेनमार्क, केन्या, स्कटल्याण्ड, पपुवा न्यूगिनी, नेदरल्याण्डस्, बर्मुडा र अफगानिस्तान छन् ।
समूह एमा आयरल्याण्ड, क्यानडा, यूएई, नामिबिया, हङकङ, युगान्डा, अमेरिका र इटली छन् । कुल १६ टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष ६ मा पर्ने टिमले अर्को वर्ष बंगलादेशमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।
|
|
कार्तिक २७ - नेपालको यू-१६ राष्ट्रिय टिमका कप्तान तथा सिनियर टिमका फरवार्ड विमल घर्तीमगर 'ट्रायल'का निम्ति नेदरल्यान्ड्सको उच्च डिभिजनको क्लबमा एफसी ट्वेन्टे जाने प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।
'गभर्नर्स गोल्डकप सकेर स्वदेश फर्केलगत्तै भिसाको प्रक्रिया सुरु गर्नेछौं । र, भिसा पाएपछि विमल नेदरल्यान्ड्स जानेछन्,' यू-१६ का प्रमुख प्रशिक्षक महर्जनले भने, 'विमल राम्रा खेलाडी हुन् । त्यसैले करिअर उच्च स्तरको बनाउन उनका निम्ति युरोपेली क्लबमा ट्रायल दिने अवसर निक्कै राम्रो हो ।' सिनियर राष्ट्रिय टिमका सहायक प्रशिक्ष्ाक रिचार्ड ओर्लोस्कीले ट्वेन्टेको प्रस्तावबारे कार्तिक १९ गते जानकारी दिएको उनले बताए ।
श्रावणमा काठमाडौंमा आयोजित साफ यू-१६ च्याम्पियनसिपमा विमलले एक ह्याटि्रकसहित सर्बाधिक ६ गोल गरेका थिए । उनको उत्कृष्ट प्रदर्शन सहयोगले नेपाल उपविजेता भयो । उनले सिनियरको साफ च्याम्पियनसिपमा पनि अन्त्यतिर गोल गरेपछि नेपालले पाकिस्तानविरुद्ध १-१ को नतिजा निकालेको थियो । त्यसपछि उनको चर्चा ह्वात्तै चुलियो ।
बंगलादेशका डच प्रशिक्षक रेने कोस्टरले साफ यू-१६ मा विमलको खेलको खुलेर प्रशंसा गरेका थिए । उनकै प्रयासमा विमलले एफसी ट्वेन्टेमा ट्रायलको अवसर पाएको प्रशिक्ष्ाक महर्जनले बताए । २६ जनवरी, १९९८ मा जन्मेको उल्लेख गर्दै विमललाई २०१३ को १० नोभेम्बरदेखि ट्वेन्टेले ट्रायलमा बोलाएको हो । तर, उनी हाल सिक्किममै गभर्नर्स गोल्डकप खेलीरहेका छन् । यू-१६ ले जर्ज टेलिग्राफलाई ४-१ ले हराएर मंगलबार अन्तिम आठको यात्रा तय गरेपछि उनको सिक्किम बसाइ अझ लम्बिएको छ ।
पहिलो सातामा गर्ने प्रदर्शनको आधारमा उनलाई ७ डिसेम्बरसम्म राख्न सक्ने ट्वेन्टेले जनाएको छ । त्यो अवधिमा राम्रो गरे विमलले जनवरी ट्रान्सफरमा व्यावसायिक अनुबन्धको अवसर पाउनेछन् । उनको नेदरल्यान्ड्स आउनेजाने तथा ट्रायल अवधिका सम्पूर्ण खर्च ट्वेन्टेले नै बेहोर्ने क्लबले जनाएको छ ।
नेदरल्यान्ड्सका उत्कृष्ट क्लबहरुमा पर्ने ट्वेन्टेको प्रस्तावबारे विमलले भने, 'युरोपमा खेल्ने सबै खेलाडीको सपना हुन्छ । मेरो पनि छ । त्ययसैले टेवेन्टेमा ट्रायल मेरो निम्ति सपना साकार पार्ने राम्रो मौका हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पठाउँछ भन्ने आस छ ।' उनी चार बर्षयता एन्फा एकेडेमीमा छन् ।
|
|
२४ कात्तिक, काठमाडौं । ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट खेल्न नेपाली टोली आज युएई प्रस्थान गर्दैछ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली राति ११ बजे यूएई प्रस्थान गर्ने कार्यक्रम छ ।
कप्तान खड्काले नेपाली टोलीले मेहनत गरेको भन्दै विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरे । उनले भनेका छन्–‘यो त्यस्तो समय हो जसको हामी प्रतिक्षा गरिरहेका छौं । हाम्रा लागी विश्वकप बच्चादेखिको सपना हो । यो जीवनभरका लागि पाएको अबसर हो । जसलाई सदुपयोग गर्दै विश्पकपमा पुग्ने आश छ ।’
१६ टिम सहभागी रहेको प्रतियोगितामा नेपाल समूह बीमा छ । जुन समूहमा डेनमार्क, केन्या, स्कटल्याण्ड, पपुवा न्यूगिनी, नेदरल्याण्डस्, बर्मुडा र अफगानिस्तान छन् । जसमा स्कटल्याण्ड, नेदरल्याण्ड र अफगानिस्तान एक दिवसीय मान्यता प्राप्त देश हुन् । समूह एमा आयरल्याण्ड, क्यानडा,यूएई, नामिभिया, हङकङ, युगान्डा, अमेरिका र इटली छन् ।
शीर्ष ६ मा पर्ने टिमले अर्को वर्ष बंगलादेशमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । प्रतियोगिताको पहिलो खेलमा कात्तिक २९ गते नेपालले डेनमार्कको सामना गर्नेछ ।
त्यसअघि वार्मअप खेलमा नेपालले कात्तिक २५ गते युएई र २७ गते अमेरिकासंग खेल्नेछ ।
|
|
२१ कात्तिक, बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको चौथो खेलमा एसी मिलानलाई ३–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो । समूह एचमा रहेको बार्सिलोना १० अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको मिलानको ५ अंक छ ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ३० औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । नेयमारलाई फल गरेपछि पाएको पेनाल्टीमा लिओनल मेस्सीले गोल गरे ।
खेलको ३९ औं मिनेटमा बुस्केटले जाभीको फ्रिकिकमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । तर, पहिलो हापको अन्त्यमा काका क्रस क्लियर गर्ने क्रममा जेरार्ड पिकेले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता २–१ मा झ¥यो ।
खेललाई आफ्नो नियन्त्रणमा राखेको बार्सिलोनाका ८३ औं मिनेटमा मेस्सीले सेस फेब्रिगाससँगको वान टु वान पासमा गोल गर्दै जित सुनिश्चित गरे ।
समूह एचकै अर्को खेलमा एयाक्सले सेल्टिकलाई १–० गोल अन्तरले पराजित गरेको छ । एयाक्सको ४ अंक छ भने पुछारमा रहेको सेल्टिकको ३ अंक छ ।

१३ कात्तिक, काठमाडौं । डिफेण्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सफल पोखरा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई २-१ गोल अन्तरले पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरेका हो । अब उपाधिका लागि थ्रीस्टार र नेप्लिज फुटबल एसोसिएसन हङकङको विजेतासँग खेल्नेछ ।
पोखरा रंगशालामा भएको खेलमा मनाङले १२ औं मिनेटमा दीपक राईको गोलबाट अग्रता लिएको थियो । कप्तान सागर थापाको पासमा उनले गोल गरेका हुन् । खेलको ३३ औं मिनेटमा स्टफेनले भरत खबासलाई फल गरेपछि आर्मीले पेनाल्टी पायो । पनाल्टीमा राजु तामाङले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । ६० औं मिनेटमा सुजल श्रेष्ठले वान भर्सेज वानमा गोल गर्ने मौका चुकाए ।
खेलको ८८ औं मिनेटमा विसाल राईले गोल गर्दै मनाङलाई २-१ को जित दिलाए । अनिल गुरुङको प्रहार आर्मीका गोलरक्षकले पूर्ण क्लीयर गर्न नसक्दा पाएको मौकामा विसालले मैदान प्रवेश गरेको तेस्रो मिनेटमा नै गोल गरेका हुन् ।

काठमाडौं- सागर थापाले ७ औं साफ च्याम्पियनसिपको क्वाटर फाइनलमा बंगलादेशविरुद्ध गरेको सानदार गोल फुटबल इतिहासकै २०औं सनसनीपूर्ण फ्रिकिक गोल बनेको छ। साफ च्याम्पियनसिपको अफिसियल फेसबुकले बिहीबार थापाको सनसनीपूर्ण फ्रि किक गोल फुटबल इतिहासमै २० स्थानमा परेको उल्लेख गरेको हो।
भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु रंगशालामा दुई वर्षअघि खेलको अन्तिम क्षणमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान थापाले सो फ्रि किक गोल गरेका थिए। त्यही गोलले नेपाल १२ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको थियो। करिब ३५ यार्डबाट फ्रि-किकमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल सुन्दर गोलमा परिणत भएको थियो।
सागरले 'इन्जुरी टाइम'को अन्तिम क्षणमा गरेको सो गोलका कारण नेपालले १८ वर्षपछि बंगलादेशविरुद्ध जित हात पारेको थियो। नयाँदिल्लीमा सागरले गरेको गोललाई धेरैले सन् २००२ को वर्ल्डकपको क्वाटरफाइनलमा इङल्यान्डविरुद्ध ब्राजिलका रोनाल्डिन्होले गरेको गोलसँग दाँज्ने गरेका छन्। साफ च्याम्पियनसिपको फेसबुकले थापालाई रोनाल्डिन्होसँग तुलना गरेको छ। 'रोनाल्डिन्होले सबै कुरा गर्न सक्छन्, त्योभन्दा राम्रो सागर थापाले गर्छन्। यस कुरामा सहमत हुनुहुन्छ?', साफ च्याम्पियनसिपको फेसबुक पेजले उल्लेख गरेको छ।
थापाको यो चर्चित गोल त्यही बेला नै 'वर्ल्ड प्लेयर दी विक'को शीर्ष पाँचमा परिसकेको थियो। सम्भवतः नेपाली फुटबल इतिहासमा गोलका कारण खेलाडीले विश्वस्तर स्तरमा चर्चा पाएको त्यो पहिलो थियो। 'यति राम्रो गोल गर्छुजस्तो लागेकै थिएन,' गोलपछि उनले प्रतिक्रिया दिएका थिए, 'संसारभरि यसको चर्चा पनि हुन्छ भनेर लागेको थिएन।' खेलपछि भएको पत्रकार सम्मेलनमा बंगलादेशी प्रशिक्षक निकोला इलिएभ्स्कीले सागरको गोललाई 'एक जुनीमा हुने एक गोल' को संज्ञा दिएका थिए। अहिले 'यु-टुब'मा धेरै सर्च हुनेमध्येको गोल सागरको पनि पर्छ।
सागर बारे लेखिएको उक्त पोस्टमा ३७ सयले लाइक गरेका छन् भने ९९ जनाले सेयर गरेका छन्। दुई सयले सो पोष्टबारे प्रतिक्रिया लेखेका छन्। सातौं साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग १-० ले पराजित भएको थियो।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
२० असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार आठौं जित हात पारेको छ । शनिबार राति लिओनल मेस्सी विना मैदान उत्रिएको बार्सिलोनाले रियल भिल्लाडोलिडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । जितपछि बार्सिलोना ८ खेलबाट २४ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।
बर्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा अग्रता भने रियल भिल्लाडोलिडले लिएको थियो । १० औं मिनेटमा हाभी गेएराले पाहुना टोलीलाई सुरुवाति अग्रता दिलाए । तर, १४ औं मिनेटमा टेलोको पासमा एलेक्स सान्चेजले बराबरी गोल फर्काए । ५२ औं मिनेटमा जाभीले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।
६४ औं मिनेटमा नयमारको पासमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–१ को अग्रता कायम गर्न सफल भयो । ७० औं मिनेटमा सन्चेजको पासमा नेयमारले गोल गरेपछि बार्सिलोना ४–१ को जित निकाल्न सफल भयो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
काठमाडौं असोज । कप्तान विमल घर्तिमगरको हृयाट्रिकसँगै तुर्कमेनिस्तानलाई ४-० ले पराजित गरेको नेपाल एएफसी यू-१६ च्याम्पियनसिप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । ३ खेलबाट ७ अंक जोडेको नेपालले समूह सीको शीर्ष स्थानमा रहँदै आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ फुटबलमा टिकट काटेको हो । एएफसी च्याम्पियनसिपमा नेपालको यो तेस्रो सहभागिता हुनेछ । यसअघि नेपालले २००२ र २००६ मा खेलेको थियो ।
फाइनल चरणमा स्थान पक्का गर्न जित्ने पर्ने खेलमा नेपालले आइतबार तुर्कमेनिस्तानलाई ४-० गोल अन्तरले पराजित गरेको हो । दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हापको सुरुमा केही राम्रो मौका पाएपनि गोल गर्न सकेको थिएन । तर, इन्जुरी टाइममा कप्तान विमल घर्तिमगरले अमित तामाङको उत्कृष्ट क्रसमा हेड गोल गरेका हुन् ।
यसअघि नेपालले केही राम्रो मूभ बनाएपनि गोल गर्न सकेको थिएन । । ५ औं मिनेटमा किरण सुनुवारको क्रसमा विकास थापाको हेड बारमा लागेर बाहिरिएको थियो । १६ औं मिनेटमा अन्जन विष्टले राम्रो प्रहार गरेपनि गोल हुन सकेन भने लगतै अन्जनको प्रहारलाई विमलको हेड तुर्केमिनिस्तानका गोलरक्षकले गोललाइनबाट बचाएका थिए । २४ औं मिनेटमा नेपाली गोलरक्षक रोमन रसाइलीले तुर्केमिनिस्तानको प्रहार बचाए ।
दोस्रो हापमा उत्कष्ट प्रदर्शन गरेको नेपालले ५० औं मिनेटमा अग्रता दोब्बर पार्यो । गौरबको क्रस तुर्कमेनिस्तानका डिफेण्डरको खुट्टामा लागेर फर्किएको बलमा विमलले उत्कृष्ट गोल गरेका हुन् । उनको प्रहार विपक्षी गोलरक्षकले रोक्ने प्रयास गरेपनि सकेनन् ।
एकपछि अर्को गर्दै तुर्कमेनिस्तानको पोष्टमा प्रहार गरेको गरेको नेपालका लागि ७५ औं मिनेटमा दिनेश राजबंशीले गोल गरे । कर्नर नजिकैबाट उनले हानेको बल विपक्षी गोलरक्षकले नियन्त्रणमा लिएर पनि पुत्काएपछि गोल भएको थियो । ८२ औं मिनेटमा अन्जन विष्टको पासमा फस्ट बार च्यापेर गोल गर्दै विमलले हृयाट्रिक पूरा गरे । योसँगै यू-१६ फुटबलमा विमलको गोल ११ पुगेको छ । उनले राष्ट्रिय टोलीबाट समेत एक गोल गरिसकेका छन् ।
खेलको अन्त्यतिर तुर्कमेनिस्तानका खेलाडीले पाएको वान भर्सेज वानको मौकामा नेपाली गोलरक्षक रोमन रसाइलीले उत्कृष्ट बचाउ गरेका थिए । इन्जुरी टाइममा शिव सुवेदीको उत्कृष्ट प्रहार बारमा लागेर फर्किएको थियो ।
बहराइन उपविजेता
आइतबार नै भएको अर्को खेलमा बहराइनले इराकलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बहराइनले आठौं र १४ औं मिनेटमा गोल गर्दै २-० को अग्रता लिएको थियो । तर, ४० औं मिनेटमा इराकले अग्रता २-१ मा झार्यो । खेलमा र्फकने प्रयास असफल भइरहेका बेला अतिरित्त समयमा मुस्तफा रातो कार्ड खाँदै इराक हार व्यहोर्न बाध्य भयो ।
इराकको हारको फाइदा नेपाललाई भएको छ । इराक विजयी भएको भए नेपालले अघिल्लो चरण प्रवेशका लागि यात तुर्कमेनिस्तानलाई ठूलो अन्तरले पराजित गर्नु पर्ने पथ्र्यो या त उपविजेताहरुमा उत्कृष्ट हुनु पर्ने हुन्थ्यो । १० समूहका शीर्ष टोली सिधै फाइनल चरणमा पुग्छन् भने उपविजेता मध्ये उत्कृष्ट ५ पनि पुग्नेछन् ।
१३ असोज, काठमाडौं । राजधानीमा जारी एएफसी यू-१६ छनोट फुटबलमा नेपाल अहिले तुर्केमिनिस्तानसँग भिडिरहेको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी छ । खेलमा नेपाल जितको खोजीमा हुनेछ ।
त्यसअघि भएको खेलमा बहराइनले इराकलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बहराइनले आठौं र १४ औं मिनेटमा गोल गर्दै २-० को अग्रता लिएको थियो । तर, ४० औं मिनेटमा इराकले अग्रता २-१ मा झार्यो । खेलमा र्फकने प्रयास असफल भइरहेका बेला अतिरित्त समयमा मुस्तफा रातो कार्ड खाँदै इराक हार व्यहोर्न बाध्य भयो ।
इराकको हारको फाइदा नेपाललाई भएको छ । अब नेपालले तुर्केमिनिस्तानलाई पराजित गर्दै आगामी वर्ष थाइल्याण्डमा हुने फाइनल चरणमा स्थान पक्का गर्नेछ । बहराइनको ६ अंक भएको छ भने इराक र नेपालको समान ४-४ अंक छ । इराक विजयी भएका भए नेपालले फाइनल चरणको टिकट काट्न तुर्केमिनिस्तानलाई ठूलो अन्तरले पराजित गर्नु पर्ने हुन्थ्यो । उपविजेता बनेको अवस्थामा भने १० समूहको उपविजेताको शीर्ष ५ मा परेका देशले फाइनलमा स्थान बनाउने छ ।
काठमाडौं – नेपालले आइतबार एएफसी यु–१६ च्याम्पियनसिप छनोट चरणको
अन्तिम खेलमा तुर्कमिनिस्तानसँग खेल्दैछ। आइतबारै अर्को खेलमा इराक र
बहराइनले प्रतिस्पर्धा गर्नेछ।
तुर्कमिनिस्तान बाहेक अन्य तीन टोली
नेपाल, इराक र बहराइनको छनोट हुने सम्भावना कायमै छ । १ जित र १ बराबरी
खेलेका नेपाल र इराकको समान ४ अंक छ । गोलभिन्नतामा इराक अगाडी छ । फाइनल
चरण पुग्न इराक र नेपाललाई जित्नै पर्ने दबाब छ । आइतबार इराक र नेपालले
बेग्लाबेग्लै खेलमा बराबरी खेले पनि इराक गोलभिन्नताका आधारमा छनोट हुनेछ ।
इराक
बराबरी र पराजित भए नेपालले तुर्कमेनिस्तानलाई हराएपछि फाइनल चरणमा
पुग्नेछ । इराकले बिपक्षीको पोस्टमा १० गोल गरेको छ भने २ गोल सामना गरेको छ
।

नेपालले बिपक्षीको पोस्टमा ४ गोल गर्दै २ गोल सामना गरेको छ । १
खेल जितेको बहराइनको ३ अंक छ । अर्को वर्ष थाइल्याण्डमा हुने फाइनल चरण
खेल्नको लागि आइतबार नेपाललाई जित आवश्यक छ । बराबरी नतिजाले पनि नेपालको
फाइनल चरण पुग्ने सम्भावना गोलभिन्नतामा निर्भर रहनेछ । बहराइनलाई २–० ले
हराएर उत्कृष्ट सुरुवात गरेको नेपालले इराकसँग २–२ को बराबरी खेलेको छ ।
बहराइनले
तुर्कमेनिस्तानलाई ३–१ ले हराएर छनोट हुने सम्भावनालाई कायमै राखेको छ ।
बहराइनले इराकलाई हराएको खण्डमा नेपाल बराबरी वा पराजित भए बहराइन फाइनल
चरण पुग्ने भाग्यमानी टोली हुनेछ ।
तुर्कमेनिस्तानले भने नेपाल
विरुद्ध प्रतिष्ठाको लागि खेल्नेछ । अघिल्लो २ खेल हारेको तुर्कमिनिस्तानको
१ खेल अगावै छनोट हुने सम्भावना सकिइसकेको छ।
आजका खेल
इराक र बहराइन (२ बजे)
नेपाल र तुर्कमिनिस्तान (५ बजे)
बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी कर छलीको आरोपम लागेपछि अदालतमा उपस्थित भएका छन् । २६ वर्षीय मेस्सी र उनका बाबु अदालतमा उपस्थित भएका हुन् ।

मेस्सी र उनका बाबुमाथि ४ मिलियर युरोभन्दा बढी कर छलेको आरोप लागेको छ । २००७ देखि २००९ सम्म ब्राजिल र उरुग्बेमा मेस्सीको तस्वीर प्रयोग गरे वापत आएको रकम नदेखाएको स्पेनका कर अधिकारीहरुकेा आशंका छन् । मेस्सी र उनका बाबुले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
बार्सिलोनाबा मेस्सीले तलबका रुपमा बाषिर्क झण्डै १६ मिलियन युरो लिन्छन् । तर, विभिन्न विज्ञापन र उनको तस्वीर प्रयोगबाट हुने आन्दानीका कारण उनी सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा पर्छन् । लगातार चार पटक फिफा प्लेयर अफ दि इयर घोषित मेस्सी १३ वर्षको उमेरदेखि बार्सिलोनामा आवद्ध छन् ।
काठमाण्डौं , असोज ११
राजधानिमा जारी एएफसी यू-१६ छनोट फुटबलमा नेपालले आज इराकसँग भिड्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालमा साँझ ५ बजे हुने खेलमा घरेलु टोली नेपाल जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउने दाउमा हुनेछ । पहिलो खेलमा बहराइनलाई २-० ले पराजित गरेको नेपाली टोलीको मनोबल उच्च छ । तर, प्रतियोगिताको बलियो टोली इराकविरुद्ध सर्तकताका साथ खेल्ने प्रशिक्षक बालगोपाल महर्जनले बताए । इराकले आफ्नो खेलमा तुर्कमेनिस्तानलाई ८-१ ले पाखा लगाएको थियो । त्यसअघि आजै दिउँसो २ बजे तुर्कमेनिस्तान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं असोज ११ , एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियूको अध्यक्षमा केपी ओलीनिकट किशोरविक्रम मल्ल विजयी भएका छन् । मल्लले अध्यक्षका अर्का प्रत्यासी लक्ष्मण लम्साललाई ६८ मतले पराजित गरेका हुन् । संस्थापन निकट लम्सालले ७०५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी लम्सालले ६३७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्षका तीन पदमा ऐन महर, थोमस बास्तोला र दीपक गौतम विजयी भए । उपाध्यक्षमा विजयी महर विजयी उम्मेद्वार मल्लको प्यानलबाट उम्मेद्वारी दिएका थिए भने गौतम र बास्तोला लम्साल प्यानलका हुन् । त्यसैगरी अध्यक्षपछिको कार्यकारी पद महासचिवमा नविना लामा ६७२ मत ल्याएर विजयी भईन् । अर्की प्रतिस्पर्धी रचना खड्काले ६६० मत ल्याएकी थिइन् । महासचिवमा विजयी नविनाले लक्ष्मण लम्सालको प्यानलबाट उम्मेद्वारी दिएकी हुन् भने रचनाले किशोरविक्रम मल्लको प्यानलबाट लडेकी थिइन् ।
लक्ष्मण लम्सालको प्यानलबाट सचिवमा उम्मेद्वारी दिएकी राधिका खतिवडाले ६६१ मत ल्याउादै विजयी भइन् । मल्लको प्यानलबाट लडेकी उनकी प्रतिद्धन्द्धी दिपा शर्माले ६४८ मत ल्याइन् । अन्य सचिवका अब्दुल हुसेन खाँन ल्ला, महेश बर्तौला (खुल्ला), सरोज यादव (मधेश) र भक्तकुमारी लामा (जनजाति) विजयी भए । सचिवमा विजयी खतिवडा, लामा, खाँन र बर्तौला लक्ष्मण लम्साल प्यानलका हुन् भने बर्तौला मल्ल प्यालनका हुन् ।
त्यसैगरी कोषाध्यक्ष पदमा किशोर विक्रम मल्ल प्यानलका रश्मी आचार्य ७१० मत ल्याउादै विजयी भए । लक्ष्मण प्यानलबाट उठेका उनका प्रतिद्धन्द्धी गुणराज आचार्यले ५९३ मत ल्याए । ८ दिनअघिदेखि राजधानीमा जारी अनेरास्ववियुको महाधिवेशनले निर्वाचनबाट १३ जना पदाधिकारी,४५ जना सचिवालय सदस्य र एकसय ३५ जना केन्द्रीय सदस्य चयन गरेको छ ।