समाचार
»
आक्रमणबाट घाइते भन्छन्–निको भएपछि इट्टाको जवाफ पत्थरले दिन्छौं
आक्रमणबाट घाइते भन्छन्–निको भएपछि इट्टाको जवाफ पत्थरले दिन्छौं
काठमाडौं । एमाओवादीको युवा समूह वाइसीएल र अन्य भाडाका कार्यकर्ता समेत प्रयोग गरी नेकपा एमालेका कार्यकर्तामाथी मरणसन्न हुनेगरी कुटपिट भएको छ । युवासंघ नेपाल मकवानपुर–२ का अध्यक्ष किरणमान बल, जिल्ला सदस्य संग्राम खड्का र एमाले टिष्टुङ गाउ कमिटी अध्यक्ष राजेन्द्रकुमार लामा राजुको आइतबार धादिङको थाक्रे गाविस स्थित फट्पुरमा दुई वटा बसमा आएका वाइसिएल कार्यकर्ताले बाटो ढुकेर कुटेपछि गम्भीर अवस्थामा पुगेका उनीहरुको मनमोहन मेमोरीयल अस्पतालमा उपचार भइरहेको छ ।
धादिङको भूमेस्थान गाविसमा भएको युवासंघको अधिवेशनमा भाग लिएर फर्कदै गरेको छिमेकी जिल्ला मकवानपुरको टिष्टुङका कार्यकर्तालाई शालिकराम जमरकट्टेलको संरक्षणमा रहेका वाइसीएल कार्यकर्ता धादीङ तसर्पुको बहादुर, हाप्सेचौरको विकास, महादेववेशीको राजेश र वीर सींह लगायतले आक्रमण गरेको घाइते बलले बताए ।
उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धदिङ–३ का एमाओवादी उमेद्वार जमरकट्टेलको दादागिरीले आक्रान्त भएपछि एमाले उमेद्वार राजेन्द्र पाण्डेको सुरक्षाका लागि युवाहरु धादिङ गएका थिए ।
छिमेकी जिल्ला भएकाले एक आपसको कार्यक्रममा आउने जाने प्रचलन अनुरुप गएकोमा फर्के २३ वटा मोटरसाइकल पार भइसकेपछि बाटोमा छेकेर आफूहरुलाई एक्लै पारेर इट्टा तथा खुकुरीले आक्रमण गरीएको युवासंघ नेपाल मकवानपु–२ का अध्यक्ष किरणमान बलले जानकारी दिए ।
‘म¥यो भनेर नालीमा फालेछन,पछि स्थानीयले थाहा पाएर उदर गरी एम्बुलेन्समा हालेर काठमाडौं ल्याए’–बलले भने ।
मकवानपुर–२ मा एमालेको विजय सुनीश्चीत बनीसकेकोमा अत्तालीएर मकवानपुरका वाइसीएलको समेत आग्रहमा कार्यकर्ताको मनोबल गिराउने हिसाबले आक्रमण गरीएको हुनसक्ने आशंका गरीएको छ । बल मकवानपुर–२ का स्वयमसेवक परीचालनका संयोजक समेत थिए ।
केही दिन अघि मात्र टिष्टुङ गाविसमा एमालेको भव्य सभा र त्यसमा एमाओवादीका कार्यकर्ता समेत एमालेमा प्रवेश गरेपछि उनीहरु अत्तालिएका थिए ।
यसैबीच घाइते बलले मार्ने नियतले आक्रमण गरेपनि बाच्न सफल भएको र पार्टीको अभियानमा रत्तीभर नडराई जुट्ने भन्दै ठिक भएपछि इट्टाको जवाफ पत्थरले दिने बताए ।
|
|
0 comments
Write Down Your Responses