बहिष्कारवादीको रणनीति असफल बनाउन सादा पोसकमा सुरक्षाकर्मी परिचालन
काठमाण्डौं । कडा सुरक्षा व्यवस्था गरिएको भनिए पनि बन्दकर्ताले धमाधम आपराधिक घटना वृद्धि गरेपछि उपत्यकाको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । प्रहरीले बिहीबारदेखि उपत्यका केन्दि्रत ‘इन्टेलिजेन्स बेस्ड’ (जासुसी) सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो ।
नेकपा-माओवादीका कार्यकताले छापामार शैलीमा आपराधिक गतिविधि सञ्चालन गर्न थालेपछि त्यसलाई रोक्न प्रहरीले जासुसी सुरक्षा रणनीति अवलम्बन गरेको हो । जसका लागि सादा पोसाकका सुरक्षाकर्मी बढाइएको छ ।
स्रोतका अनुसार जासुसी योजना अन्तर्गत उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका एक हजार सुरक्षाकर्मी सादा पोसाकमा तैनाथ रहेका छन् ।

0 comments
Write Down Your Responses