८० करोड उठाउन सकेन त्रिविले !

आफ्नै अक्षमता र लापरबाहीले त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त कलेजबाट सेवा शुल्क उठाउन सकेको छैन। यसबाट त्रिविले बर्सेनि करिब ८० करोड रुपैयाँ घाटा भइरहेको छ।

त्रिविले गठन गरेको अनुगमन समितिले त्रिविको प्रशासनिक कमजोरीले ती कलेजले सेवा शुल्क नतिरेको जनाएको छ। समितिले तीन साताअघि त्रिवि कार्यकारी परिषदलाई बुझाएको प्रतिवेदनमा त्रिवि नियमअनुसार वार्षिक बुझाउनुपर्ने सेवा शुल्क सम्बन्धन प्राप्त कलेजले नबुझाएको उल्लेख छ। 
समितिले उपत्यकाका सम्बन्धन प्राप्त कलेजहरुमा अनुगमन गरेर उक्त प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा त्रिविका सम्बन्धन प्राप्त कलेजले विद्यार्थी र शुल्कबारे ढाँट्ने गरेको उल्लेख छ। केही कलेजले त्रिविलाई सेवा शुल्क तिरे पनि बर्सेनि ५ सय मात्र तिरेर झारा टार्ने गरेको प्रतिवेदनमा छ। 
त्रिवि नियमअनुसार सम्बन्धन प्राप्त कलेजले कलेजमा भर्ना भएका प्रतिविद्यार्थीको १२ महिनाको शैक्षिक शुल्कमध्ये एक महिनाको शुल्क त्रिविलाई सेवा शुल्कवापत बुझाउनुपर्छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.