अखिल को अन्तिम नतिजा हेर्नुहोस् !
काठमाडौं असोज ११ , एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियूको अध्यक्षमा केपी ओलीनिकट किशोरविक्रम मल्ल विजयी भएका छन् । मल्लले अध्यक्षका अर्का प्रत्यासी लक्ष्मण लम्साललाई ६८ मतले पराजित गरेका हुन् । संस्थापन निकट लम्सालले ७०५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी लम्सालले ६३७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्षका तीन पदमा ऐन महर, थोमस बास्तोला र दीपक गौतम विजयी भए । उपाध्यक्षमा विजयी महर विजयी उम्मेद्वार मल्लको प्यानलबाट उम्मेद्वारी दिएका थिए भने गौतम र बास्तोला लम्साल प्यानलका हुन् । त्यसैगरी अध्यक्षपछिको कार्यकारी पद महासचिवमा नविना लामा ६७२ मत ल्याएर विजयी भईन् । अर्की प्रतिस्पर्धी रचना खड्काले ६६० मत ल्याएकी थिइन् । महासचिवमा विजयी नविनाले लक्ष्मण लम्सालको प्यानलबाट उम्मेद्वारी दिएकी हुन् भने रचनाले किशोरविक्रम मल्लको प्यानलबाट लडेकी थिइन् ।
लक्ष्मण लम्सालको प्यानलबाट सचिवमा उम्मेद्वारी दिएकी राधिका खतिवडाले ६६१ मत ल्याउादै विजयी भइन् । मल्लको प्यानलबाट लडेकी उनकी प्रतिद्धन्द्धी दिपा शर्माले ६४८ मत ल्याइन् । अन्य सचिवका अब्दुल हुसेन खाँन ल्ला, महेश बर्तौला (खुल्ला), सरोज यादव (मधेश) र भक्तकुमारी लामा (जनजाति) विजयी भए । सचिवमा विजयी खतिवडा, लामा, खाँन र बर्तौला लक्ष्मण लम्साल प्यानलका हुन् भने बर्तौला मल्ल प्यालनका हुन् ।
त्यसैगरी कोषाध्यक्ष पदमा किशोर विक्रम मल्ल प्यानलका रश्मी आचार्य ७१० मत ल्याउादै विजयी भए । लक्ष्मण प्यानलबाट उठेका उनका प्रतिद्धन्द्धी गुणराज आचार्यले ५९३ मत ल्याए । ८ दिनअघिदेखि राजधानीमा जारी अनेरास्ववियुको महाधिवेशनले निर्वाचनबाट १३ जना पदाधिकारी,४५ जना सचिवालय सदस्य र एकसय ३५ जना केन्द्रीय सदस्य चयन गरेको छ ।
0 comments
Write Down Your Responses