इराक बराबरी र पराजित भए नेपालले तुर्कमेनिस्तानलाई हराएपछि फाइनल चरणमा पुग्नेछ । इराकले बिपक्षीको पोस्टमा १० गोल गरेको छ भने २ गोल सामना गरेको छ ।

नेपालले बिपक्षीको पोस्टमा ४ गोल गर्दै २ गोल सामना गरेको छ । १ खेल जितेको बहराइनको ३ अंक छ । अर्को वर्ष थाइल्याण्डमा हुने फाइनल चरण खेल्नको लागि आइतबार नेपाललाई जित आवश्यक छ । बराबरी नतिजाले पनि नेपालको फाइनल चरण पुग्ने सम्भावना गोलभिन्नतामा निर्भर रहनेछ । बहराइनलाई २–० ले हराएर उत्कृष्ट सुरुवात गरेको नेपालले इराकसँग २–२ को बराबरी खेलेको छ ।
बहराइनले तुर्कमेनिस्तानलाई ३–१ ले हराएर छनोट हुने सम्भावनालाई कायमै राखेको छ । बहराइनले इराकलाई हराएको खण्डमा नेपाल बराबरी वा पराजित भए बहराइन फाइनल चरण पुग्ने भाग्यमानी टोली हुनेछ ।
तुर्कमेनिस्तानले भने नेपाल विरुद्ध प्रतिष्ठाको लागि खेल्नेछ । अघिल्लो २ खेल हारेको तुर्कमिनिस्तानको १ खेल अगावै छनोट हुने सम्भावना सकिइसकेको छ।
0 comments
Write Down Your Responses