गत
बैशाख १२ गते एमाले जिल्ला सदस्य गिरिधारी सापकोटामाथि हातपात गरेको
अभियोगमा बयान दिन आएका धितालमाथि कुटपिट भएको जिल्ला प्रशासन कार्यालयको
मुद्धा फाँटका कर्मचारी रामपुणित महतोले बताए। प्रशासन भित्र बयान दिइरहेका
व्यक्तिमाथि कुटिपिट गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले घटनाको छानविन
गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।
प्रहरीले
कुटपिट गर्ने रोका र घर्तीको खोजी भइरहेको जनाएको छ। प्रहरी नायव उपरीक्षक
बसन्त कुँवरले भने 'जिल्लाको सबै नाकामा निग्रानी राखेका छौँ, पक्राउ गरेर
कानुन अनुसार कारवाही हुन्छ।'
मुद्धाफाँटका कर्मचारीलाई समेत
लछारपछार गरी धिताललाई रोका र घर्तीले मुक्का प्रहार गरेर भागेको
प्रत्यक्षदर्शी कर्मचारी महतोले बताए। उनले भने 'बयान लिँदै थिएँ, दराजमा
फायल खोज्न लागेको थिएँ, यता बयान दिन आएका प्रतिपादीलाई कुटपिट गरेर दुई
जाना भागे।'
एक घण्टा प्रशासनको काम ठप्प
मुद्धा फाँटमा बयान
दिइरहेको बेला कुटपिट भएको भन्दै प्रशासनमा भेला भएका पिटाई खाने धिताल
निकटका युवाहरुले एक घण्टा जिल्ला प्रशासनको काम ठप्प पारे। दिउँसो १२ बजे
देखि १ बजे सम्म जिल्ला प्रशासनको काम प्रभावित बन्यो। कामकाज रोकिँदा
नागरिकता, राहदानी, र विभिन्न कामले प्रशासन आएकाहरुको काम केहीबेर
प्रभावित बनेको थियो। गुण्डागर्दी शैलीमा प्रशासन भित्रै हातपात हुनुले
सुरक्षा व्यवस्थालाई चुनौती दिएको भन्दै धिताल निकट युवाले तत्काल पक्राउ
गरेर कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। तत्काल पक्राउ गर्ने
प्रहरीसँगको सहमतिपछि अहिले प्रशासनको काम चलिरहेको छ।
बयान दिँदादिँदै निर्घात कुटपिट
गोरखा
- जिल्ला प्रशासन कार्यालयको मुद्धा फाँटमा बयाँन दिँदै गरेका खरिबोट गाउँ
विकास समिति ७ का दुर्गाबहादुर धितालमाथि आज दिउँसो निर्घात कुटपिट भएको
छ। सरकारी कर्मचारीले बयान लिइरहेका बेला राजु रोका र मुच्चोक कसुण्डेका
गोरे घर्तीले एक्कासी आएर उनीमाथि कुटपिट गरेको पीडित धितालले बताए।
0 comments
Write Down Your Responses