एमाले सचिव पोख्रेलको गाडिमा आक्रमण
८ कात्तिक, दाङ । दाङमा नेकपा एमालेका सचिव शंकर पोख्रेल चढेको गाडी माथि तोडफोड भएको छ । तुलसीपुरमा नेकपा-माओवादीका कार्यकर्ताहरुले पोख्रेलको गाडीमाथि तोडफोड गरेका हुन् ।
तुलसीपुरको नयाँ वसपार्कमा आयोजित कार्यक्रम स्थलमै उनिहरुले गाडिको साइडका सिसा तोडफोड गरेका हुन् । सभालाई विथोल्नका लागि तिलक योगीको नेतृत्वमा आएका करिव एकदर्जन कार्यकर्ताले पोख्रेल चढ्ने ना २ च २७३४ नम्वरको र अर्को कार्यकर्ता चढ्ने रा १ ज २७६ नम्वरको जीपमा समेत क्षति पुर्याएका छन् ।
उनीहरुले कार्यकर्ता चढ्ने ४ वटा मोटरसाईकलमा समेत क्षति पुर्याएका छन् । कार्यक्रम स्थलमा प्रवेश गरेर चुनाव विरोधी नारा लगाउदै एकाएक गाडिमा आक्रमण गरेको क्षेत्रनम्वर ४ का ईन्चार्ज मनोहर वुढाथोकीले जानकारि दिनुभयो । कार्यक्रम पूर्णरुपमा बिथोल्न खाजेपनि सुरक्षाकर्मीको उपस्थितिले त्यहावाट भागेका थिए । तोडफोडमा संलग्म मध्ये ३ जनालाइ नियन्त्रणमा लिइएको इलाका प्रहरि कार्यालय तुलसीपुरका प्रमुख तुल बहादुर कार्कीले जानकारि दिनुभएको छ ।
![]() |
0 comments
Write Down Your Responses