बैंक अगाडिबाटै लाख लुटियो
७ कात्तिक, महोत्तरी । जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित राष्ट्रिय वाणिज्य बैंक अगाडिबाटै बिहीबार दिउँसो २ लाख लुटिएको छ । जिल्लाको डाम्हीमडै गाविस-१ बस्ने रमेश महराले वाणिज्य बैंकबाट झिकेको २ लाख सोही बैंक अगाडि लुटिएको पीडितले बताएका छन् ।
बैंकबाट पैसा झिकी नजिकैको किराना पसलमा साबुन किन्न लागेका महराको घाँटीमा झुण्डिरहेको ब्यागबाट अज्ञात व्यक्तिले पैसा लुटी फरार भएको पीडितले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक इकबाल हवाडीका अनुसार पीडित महराले साबुन किनेपछि झोला हेर्दा झोलाको चेन खुल्ला थियो र झोलामा २ लाख थिएन ।

![]() |
0 comments
Write Down Your Responses