सफल पोखरा कपको फाइनलमा मनाङ

पोखरा रंगशालामा भएको खेलमा मनाङले १२ औं मिनेटमा दीपक राईको गोलबाट अग्रता लिएको थियो । कप्तान सागर थापाको पासमा उनले गोल गरेका हुन् । खेलको ३३ औं मिनेटमा स्टफेनले भरत खबासलाई फल गरेपछि आर्मीले पेनाल्टी पायो । पनाल्टीमा राजु तामाङले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । ६० औं मिनेटमा सुजल श्रेष्ठले वान भर्सेज वानमा गोल गर्ने मौका चुकाए ।
खेलको ८८ औं मिनेटमा विसाल राईले गोल गर्दै मनाङलाई २-१ को जित दिलाए । अनिल गुरुङको प्रहार आर्मीका गोलरक्षकले पूर्ण क्लीयर गर्न नसक्दा पाएको मौकामा विसालले मैदान प्रवेश गरेको तेस्रो मिनेटमा नै गोल गरेका हुन् ।
![]() |
0 comments
Write Down Your Responses