लोकमानले भने-प्रहरी जवानलाई खुट्टा धुवाएको छैन
३ कात्तिक काठमाडौं । अख्तियार दुरुपयोग
अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले हालै गोरखकाली मन्दिरमा
प्रहरी जवानले आफ्नो गोडा नधोएको दावी गर्नु भएको छ । केही सञ्चार माध्यमले
आफ्नो चरित्र हत्या गर्न खोजेको उहाँको आरोप छ ।

केही सञ्चार माध्यम विभिन्न वहानामा आफ्नो
चरित्र हत्या गर्ने प्रयासमा लागेको भन्दै उहाँले आफ्नो मौनतालाई कमजोरी
ठानेर फेरि चरित्र हत्या गर्न खोजेको आरोप लगाउनु भएको छ । ‘यो नितान्त
रुपमा चरित्र हत्या र मविरुद्ध षड्यन्त्रको नयाँ श्रृखला मात्र हो’ उहाँले
भन्नुभयो-’भ्रष्टाचारविरुद्धको हालसालै अख्तियारको सक्रियताविरुद्ध केही
पत्रिकाहरु लागेको सर्वविदितै छ ।’ रचनात्मक, तथ्यपरक र व्यवसायिक
पत्रकारिताप्रति आफ्नो सम्मान रहने भन्दै उहाले पत्रकारिताको आवरणमा कसैको
जीवन चरित्रमाथि धावा बोल्नु पीत पत्रकारिताको पराकाष्ठ हो भन्नु भएको छ ।
आफूले समान्ती प्रवृत्ति नदेखाएको भन्दै
उहाँले आफू मन्दिर दर्शनपछि रहेको अवस्थामा जो कोही भएपनि उनको खुट्टामा
पानी खन्याइदिनु आफूलाई आपत्ति नहुने बताउनु भएको छ । ‘प्रहरीको
भूमिकाप्रति म पूर्ण सचेत छु । मैले कुनै पनि किसिमले सामन्त प्रवृति
देखाएको छैन र आसय पनि छैन’ उहाँले भन्नु भएको छ ।
![]() |
0 comments
Write Down Your Responses