सम्पूर्ण होटलहरु ९ बाजे सम्म बन्द भैसक्नुपर्ने !
स्याङजा, असोज १८ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले साँझ ८ बजेपछि मदिरा बेचबिखन नगर्न र ९ बजेदेखि होटल/पसल बन्द गर्न व्यवसायीहरुलाई उर्दी जारी गरेको छ ।
नजिकिँदै गरेको चाडबाड र संविधानसभाको निर्वाचनलाई केन्दि्रत गरेर थालेको विशेष सुरक्षा रणनीतिअन्तर्गत मदिरा बेचबिखन गर्ने पसललाई बेलुका ८ बजेदेखि बन्द गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताउनुभयो ।
समाजमा उच्छृङ्खल गतिविधि हुनुमा मदिरा मुख्य कारण रहेको भन्दै प्रहरीले आफ्नो सबै मातहतका निकायलाई मदिरा नियन्त्रण र बरामद गर्नसमेत परिपत्र जारी गरिसकेको प्रजिअ राउतले बताउनुभयो । अटेर गरी बेलुका अबेरसम्म पसल खोलेर मदिरा बेचबिखन गर्ने र झैझगडा गर्नेलाई कानुनी दायरामा ल्याइने प्रहरीनायब उपरीक्षक आभूषण तिमिल्सिनाले बताउनुभयो । रासस
0 comments
Write Down Your Responses