बाटो बनाउन माग गर्दै ‘सेक्स हड्ताल’

नेपालमा आफ्ना जायज मात्र हैन नाजायज माग पूरा गराउने नाममा समेत हुने बन्द हड्ताल तपाई हामीले भोग्दै आएका छौं । पछिल्ला दिनमा बन्द हडतालको प्रतिकार समेत हुन थालेको छ ।

तर, अमेरिकामा भने अनौठो हडताल सुरु भएको खबर छ । कोलम्बियामा आजभोलि सेक्स हडताल चलिरहेको छ । कोलम्बियाली महिलाहरु सडकको विषयलाई लिएर हडतालमा उत्रिएका हुन् । दक्षिण पश्चिम कोलम्बियाको बारबाडोसमा महिलाहरु पछिल्लो दुई वर्षमा दोस्रो पटक सेक्स हडतालमा उत्रिएका हुन् । सडकको अवस्था राम्रो नभएसम्म शारीरिक सम्पर्क नगर्ने महिलाहरु अडान छ ।


त्यहाँको सडकको अवस्था यति खराब छ कि नजिकैको अस्पताल पुग्न १४ घण्टासम्म लाग्छ । जसका कारण उपचार अभावमा कयौंले ज्यान गुमाएका छन् । आन्दोलनलाई ‘क्रस लेग मुभमेन्ट’ नाम दिइएको छ । महिलाहरुले सडकलाई देशको बाँकी भागसँग जोड्न समेत माग गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

अस्पताल पुर्‍याउन ढिलाई हुँदा एक महिलाको ज्यान गएपछि महिलाहरुले यसअघि २०११ मा पनि आन्दोलन गरेका थिए । त्यसबेला दुई राज नेताले सडक बनाउने प्रतिवद्धता जनाएका थिए । सरकारले दिएको २१ मिलियन डलरले ३५ माइल सडकको आधा काम भएको छ । तर, फेरि सडकको अबस्था बिगि्रयो । महिलाहरुको नयाँ आन्दोलन सुरु गरेपछि सडक ममर्त पनि थालिएको छ । सेनाले बुलडोजर र मेसिनहरु त्यो क्षेत्रमा पुर्‍याएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.