पोखरामा भएको अल्ट्रालाइट दुर्घटनामा पाइलट र चिनियाँ यात्रुको मृत्यु !

कास्की- पोखरास्थित एभिया क्लबको दुई सिट क्षमताको अल्ट्रालाइट पुम्दीभुम्दी–१, कास्कीको शान्ति स्तुपा नजिकै आज बिहान दुर्घटना हुँदा पाइलट र एक यात्रुको मृत्यु भएको छ। स्तुपाको दक्षिणी भागमा बस, मोटरसाइकल रोक्ने मैदानमा अल्ट्रालाइट खस्दा स्टेफन श्रेष्ठ र चिनिया यात्रु जोन लिउको  मृत्यु भएको प्रहरीले जनाएको छ।
वडा प्रहरी जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सन्तोष खड्काका अनुसार मृतक यात्रु चिनिया पर्यटक हुन्।


मृतक दुवै शव पोखराको चरक अस्पतालमा राखिएको छ। बिहान नौ बजेर ३५ मिनेट जाँदा भएको दुर्घटना भएको थियो । स्थानीय वासिन्दा सूर्यबहादुर बिकका अनुसार अल्ट्रालाइट फिरफिर गर्दै झरेको थियो। 'इन्जिन बन्द भएको हो की भन्ने मेरो अनुमान छ, पाइलटले सेप्टी पनि खोल्न खोजेका थिए तर, खुलेन'उनले भने,'हल्का पानी परिरहेको थियो, हाइट कम भएर पनि पाइलटले सेफ्टी खोल्दाखोल्दै भुइमा झरे।'

एभिया क्लबले १९९७ मा व्यवसायिक रुपमा अल्ट्रलाइट उडाउन सुरु गरेको हो । स्टेफन नेपालकै सबैभन्दा पहिलो र अनुभवी पाइलट हुन्।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.