के छापियो बिहीबारका दैनिक पत्रिकामा ?
आज मिति २०७० कात्तिक ७ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएको र ११ हजार भन्दा बढी उम्मेदवार रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
जसरी पनि निर्वाचनमा आफ्नो जीत हुने एमाओवादी अध्यक्ष प्रचण्डको भनाईलाई अन्नपूर्ण पोस्टले मुख्य रुपमा छापेको छ भने समानुपातिक उम्मेदवारको नामावलीमा रातारात उथलपुथल भएको खबर नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ ।
बैद्य माओवादीको मुख्य निसानामा एमाओवादी रहेको कान्तिपुरमा खबर छ भने एमाओवादीको घोषणापत्रमा न्यायपालिकामा अंकुश नीति रहेको खबर नागरिक दैनिकले मुख्य रुपमा छापेको छ ।
0 comments
Write Down Your Responses