स्तन किन सानो वा ठूलो हुन्छ ?

१७ वर्षकी एक नेपाली किशोरीको स्तन अत्यधिक ठूलो भएको अवस्थामा सबै जाँचपछि उनको स्तन घटाउने शल्यक्रिया गरिएको डा. शाक्यले बताए। उनको दुईवटा स्तनबाट १ किलो मांसपेशी हटाउँदा स्तन केही सानो भयो। उनको फेरी शल्यक्रिया गरेर उपयुक्त साइजमा ल्याउन सकिने उनको भनाइ थियो। यसरी स्तनको आकार घटाउँदा भने कुनै तन्तु काटिएर पछि ब्रेस्ट फिडिङका लागि दूध नआउने सम्भावना पनि हुन्छ। चिकित्सकहरूका अनुसार किशोर अवस्थादेखि युवावस्थाको मध्यसम्म स्तन कसिलो नै रहन्छ, तर त्यसपछि क्रमशः झोल्लिन थाल्छ, विवाह गरेर स्तन झोल्लिएका महिलाहरू स्तन कसिलो बनाउन चाहन्छन्। त्यसका लागि छाला काटेर कसिलो बनाइन्छ। स्तन क्यान्सर भएर स्तन काट्नु परेकाहरूले पनि पछि सिलिकन इम्प्लान्ट गरेर स्तनलाई आकार दिन सक्छन्। स्तन ठूलो भएका अधिकाशंलाई ब्याक पेन तथा काँधमा भारी अनुभव हुने चिकित्सकहरूले बताए।
![]() |
0 comments
Write Down Your Responses