सुनको भाउ पुनः उकालो

२६ कात्तिक, काठमाडौं । मंगलबार स्थानिय बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । मंगलबार सुनको भाउ तोलामा १०५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ५५ हजार ५ सय ३ रुपैयाँ तोकेको छ । आइतबार तोलामा ६ सय रपैयाँ घटेर ५५ हजार ३ सय ९८ रुपैयाँमा कारोबार भएको सुन सोमबार भने स्थिर रहेको थियो ।


मंगलबार तेजाबी सुनको भाउ पनि तोलामा १०५ रुपैयाँ बढेर ५५ २ सय ५३ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने मंगलबार पनि स्थिर रहेको छ । आइतबार तोलामा ६ रुपैयाँ घटेर ९ सय २४ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार र मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.