पढ्न नपाए आन्दोलन थाल्ने विद्यार्थीहरुको चेतावनी


१५ मंसिर, काठमाडौं । एमविविएसको जाँच दिई पढ्न नपाएका पीडित विद्यार्थीहरुले शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले एकहप्ताभित्र पढ्न जाने वातावरण नबनाए आमरण अनसन बस्ने चेतावनी दिएका छन् । MBBS-Student०६९ माघ ६ गते एमविविएसको परीक्षामा उत्तीर्ण २ सय २० जना मध्ये ७६ जना त्रिविबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुमा गए थिए । बाँकी १ सय ३२ जना विद्यार्थीहरु काठमाडौं विश्वविद्यालयबाट मान्यताप्राप्त मेडिकल कलेजहरुमा पढ्न जाने अन्तिम मिति नोभेम्बर जान लाग्दा पनि पढ्न नपाएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रन लागेका हुन् । विद्यार्थीहरुले शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र काठमाडौं विश्वविद्यालय अनुत्तरदायी भएको जनाउादै सड्क संघर्ष, जुलुस, रिले अनसन र आमरण अनसन बस्न बाध्य हुने पत्रकार सम्मेलनमा जानकारी दिए । रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा विद्यार्थीहरुले गत वर्ष नाम निकालेका विद्यार्थीहरुलाई शिक्षा मन्त्रालयले पढ्न नपठाई नयाा शैक्षिकसत्रको लागि आगामी मंसिर २९ गते जााच लिने नयाँ सूचना निकालेर आफूहरुलाई घर न घाटको बनाउन खोजेको आरोप लगाए । पत्रकार सम्मेलनमा बोल्दै विद्यार्थी रुद्र भण्डारीले पढाई सुरु भएको दुई महिना बित्दा पनि शिक्षा मन्त्रालय र मेडिकल काउन्सिलले नाम निकालेका विद्यार्थीहरुको भविष्यमा खेलवाड गरेको आरोप लगाए । अर्का विद्यार्थी गौरव भट्टले पढ्न नपाईने चिन्ताले विद्यार्थीहरु आत्महत्या गर्नसक्ने अवस्था पनि आउने बताउादै त्यसको जिम्मेवारी शिक्षा मन्त्रालय र मेडिकल काउन्सिलले लिनुपर्ने चेतावनी दिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.