दाङमा एम्बुलेन्स चलाउन कतारमा बनभोज

१५ मंसिर दोहा । दाङमा एम्बुलेन्स सेवा सञ्चालनका लागि आर्थिक सहयोग जुटाउन शुक्रबार दाङ देउखुरी सेवा समाज कतारले सास्कृतिक कार्यक्रमसहितको वनभोज तथा भेटघाट कार्यक्रम गरेको छ ।
‘दाङ देउखुरीको चाहना, सभ्य अनि सुरक्षित रोजगारीको कामाना’ मूल नारा राखेर एक २ वर्षअघि स्थापित संस्थाले गृहजिल्लामा एम्बुलेन्स चलाउने सपना पूरा हुन लागेको
छ ।
Ambulance-News.

शुक्रबार भएको वनभोजमा विभिन्न संघ संस्थाका प्रतिनिधि र कतारका अन्य सहयोगी नेपालीहरुले आर्थिक सहयोग गरेका छन । आर्थिक सहयोग घोषणा गर्नेहरुमा संस्थाका सल्लाहकार कमलमणि गुरागाइर्ं १ लाख ११ हजार १ सय ११ तथा अर्का सल्लाहकार अर्जुन खड्का रु ५० हजार एनआरएनए कतारका अध्यक्ष मक्सुद आलम १ लाख १ हजार, जनजाति महासंघका विनेश तामाङ रु २० हजार, युवराज पाण्डे रु १० हजार तथा अर्घाखाँची सेवा समाज रु १० हजार, लोकतान्त्रिक मञ्चका चानक पोख्रेल रु १५ हजार, रुकुमेली समाजका कर्ण नेपाली रु १५ हजार, कृष्ण थापा घोराही दाङ रु १० हजार, लक्ष्मण देवकोटा घोराही दाङ रु १० हजार श्यामलाल चौधरी सर्लाही रु १ हजार १ सय ११ र शिवप्रसाद वास्तोला कास्की रु २ हजार १ एक छन । उनीहरुले उक्त रकम तत्काल हस्तान्तरण गर्ने बताएका छन ।
कार्यक्रमस्थलमै नेपाली महिला समाजकी अध्यक्ष रेखा राईले कतारी रियाल २५१, देब गौतम १००, दानबहादुर बिश्वकर्मा हापुर दाङ १००, एक बहादुर मगर बसन्तटार धनकुटा १५१, अनिल बरुवाल पर्वत ५१, अविषेक परियार कास्की ५०, सबिन कुमार बुढा मगर प्रसेनी दाङ ५५, लुमलाल थापा प्युठान १०१, सब्दर अलि खान भैरहवा ५१, सिताराम पाठक धादिङ् १०१,कमल पोख्रेल चितवन १०१,प्रेम बुढामगर ढोरेनी दाङ १०५,पबन थापा ललितपुर् १५१, शोम भण्डारी लमजुङ् ५१,उस्मान मिया मौरिघाट २०१,भोज राज थापा धादिङ् बैरेनी १५१, केशब सहकारी कालिकोट ५१, बाबुचन राना मगर सिन्धुपाल्चोक ५१, युधिर अर्गेजा मगर बाग्लुंङ् ५१, सेलाकर तामाङ् नुवाकोट ५५, गोपाल शाह घोराही दाङ ५१, तथा जंगबहादुर रोका मगार रोल्पाले १०१ कतारी रियाल सहयोग गरेका थिए ।
यसअघि समाजले कम्तीमा १ लाख कतारी रियाल संकलन गरी एम्बुलेन्स खरिदका लागि गणेशप्रसाद बन्जाडेको संयोजकत्वमा १५ सदस्यीय एम्बुलेन्स सञ्चालन समिति गठन गरेको थियो ।
कार्यक्रममा गायिका रमा अर्याल र इन्दिरा शाहको गीतले दर्शक झुमाएको थियो । दंगाली नर्तकी विक्रम बुढाथोकीको टिमको फेसबुकले बोलको गितले धमाका मच्चाएको थियो । कार्यक्रममा शर्मिला गौतमको एकल नृत्य, बिक्रम र सुष्मा कार्कीको युगल नृत्यले पनि उपस्थित दर्शकलाई मनोरन्जन गराएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.