यौन जिज्ञासा र समाधान

केटीहरूको कुन उमेर वा अवस्थामा स्तनमा परिवर्तन देखिन्छ ?

मेरी एक केटी साथी छिन्। एक वर्षदेखि उनी र मबीच शारीरिक सम्बन्ध छ। उनको उमेर १९ वर्ष छ भने मेरो २५। यसैगरी छिट्टै विवाह गर्ने हाम्रो योजना छ, तर एक दिन युनिभर्सिटीमा साथीहरूबीच केटीहरूको शरीरिक बनावट, अंगलगायत यौन विषयमा अनेकौं गफ भए। अहिले मलाई त्यही कुराले चिन्तित बनाएको छ। साथीहरूको कुरा केटीहरूको स्तनको परिवर्तनका बारेमा थियो। स्तनको टुप्पो पुटुस (tight below nipple) नभएको, स्तनको टुप्पो तल झरेको र त्यो भाग मसिनो छ भने त्यो केटीले बच्चा जन्माएको हुनुपर्ने वा एकपटक गर्भ रहेको हुनुपर्ने साथीहरूको तर्क थियो। मेरी केटी साथीको पनि स्तन बच्चा जन्माएकाको जस्तो देखिन्छ। टुप्पो पुटुस tight छैन। उनले यसअघि कसैको बच्चा जन्माएकी थिइन् ? केटीहरूको कुन उमेर वा अवस्थामा स्तनमा परिवर्तन देखिन्छ, के बच्चा नजन्माए पनि केटीको स्तन टम्म (पुटुस) हुन्छ ? कतै मलाई उनले फसाउने त होइनन् ? 

    म.

स्तन विकासका चरणहरू 

स्तन एक विशेष किसिमको ग्रन्थि हो, जसले सन्तान उत्पादनपछि पोषणका लागि दूध बनाउँछ। बाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छन्, तर किशोरावस्थामा पुगेपछि केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ। स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ। सामान्यतः दुई-तीन वर्ष चाँडो-ढिलो हुनु स्वाभाविक मानिन्छ। स्तनको विकासको कुरा गर्दा आकृति, आयतनलाई त्बललभच क्तबनभ भनिने पाँच चरणमा बाँडिएको छ।

पहिलो चरण ः यो किशोरावस्थाभन्दा पहिलेको अवस्था हो। उक्त अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ।

दोस्रो चरण ः द्यगम जस्तो देखापर्छ, स्तन र मुन्टो अलिकति माथि उठेको हुने। ब्चभयबि -मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउने।

तेस्रो चरण ः स्तन अझै बढ्ने र ग्रन्थीय तन्तु बन्ने।

चौथो चरण ः ब्चभयबि र मुन्टो अझै उठ्ने, स्तनको सबै भागमा अझ वृद्धि हुने।

पाँचौं चरण ः स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, ब्चभयबि स्तनको अन्य भागको सतह समान हुने र मुन्टो मात्र उठेको स्थितिमा हुने।

पूर्ण विकसित स्तनको आकारमा धेरै भिन्नता पाइन्छ। गर्भावास्था एवं स्तनपान गराइरहेको अवस्थामा स्तन ठूलो हुन्छ। व्यक्तिको वजन धेरै भए त्यसको साइज पनि ठूलो हुन्छ। किशोरावस्थामा स्तनको तीव्र वृद्धि हुनुको मुख्य कारण स्तनमा बोसो जम्मा हुनु हो। दूधको निर्माण गर्ने तन्तुको विकास पूर्ण हुन बाँकी नै रहन्छ, जुन गर्भवती भएपछि तीव्र गतिमा बढ्छ र दूधको उत्पादन गर्न सक्छ। शिशुले दूध चुस्न थालेपछि दूधको उत्पादन राम्रोसँग हुन थाल्छ। स्तनको आकार निर्धारण गर्ने मूख्य कुराचाहिँ हार्मोन हो। त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिँदैन। माथिका चरणहरूले स्तनको विकासलाई देखाउँछ न कि यसको वास्तविक आकृति वा आयतनले। 

के स्तन पुष्ट वा कसिलो नहुनुले बच्चा जन्माइसकेको जनाउँछ ? 

व्यक्ति-व्यक्ति तथा जातिअनुसार पूर्ण विकसित स्तनको आकार र साइजमा पर्याप्त भिन्नता पाइन्छ। त्यसैगरी मुन्टोको आकार-प्रकार पनि। सामान्यतः स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन् ः स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण, रागरसहरूको प्रभाव, स्तनको विकासका क्रममा यसको आकार र कडापनमा परिवर्तन आदि। गर्भवती एवं शिशुलाई स्तनपान गराइरहेको अवस्थामा सामान्य बेलाको भन्दा स्तनको साइज ठूलो हुन्छ। महिनावारी बन्द भएपछि पुरानो अवस्थामा र्फकने भएकाले आकार सानो वा खँदिलोपन कम भएको अनुभव हुन्छ, तर कसैको स्तन खँदिलो नहुँदैमा बच्चा जन्माइसकेको मान्नु मनासिव हुँदैन। व्यक्तिको वजन धेरै भए यसको साइज पनि ठूलो हुन्छ। सन्तान पाइनसकेकी महिलामा यो अर्धगोलाकार हुन्छ। कतिपय स्तन गोलाकार हुन्छ भने केहीको आकार अलि चुच्चो परेकोदेखि झोल्लिएको सम्म हुन सक्छ। 

अर्को विचार गर्नुपर्ने कुरा के हो भने किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएको हुने भएकाले वयस्क उमेरका महिलाभन्दा कडा वा पुष्ट हुन्छ। उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जानेे हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ। माथि भनिएजस्तै वंशाणुगत तथा पोषणको स्थिति दुवैले तपाईंको भावी पत्नीको स्तनमा प्रभाव पारे-नपारेको विचार गर्नुपर्छ। पहिले तौल बढी भएर पछि घटेको स्थितिमा पनि स्तनको आकार तथा खँदिलोपनमा कमी आउन सक्छ। शरीर अति नै दुब्लो तर स्तनचाहिँ ठूला र पुष्ट हुनुपर्ने फेसन छ जुन त्यति सजिलो छैन। फेरि चित्रहरूमा जुन चलाखीपूर्ण ढंगले स्तनलाई आकर्षक देखाइन्छ, त्यसलाई व्यावहारिक जीवनमा उतार्न सजिलो छैन। यो विषयमा हामी दिग्भ्रमित हुन पुग्छौं। आकर्षक स्तनका लागि शरीरको तौल सही राख्नु आवश्यक हुन्छ। मुख्यतयाः स्तनको आकारको निर्धारण आन्तरिक रस -हार्मोन) हरूले गर्ने भएपनि व्यायाम तथा पोषणको सकारात्मक प्रभाव पर्छ। विभिन्न किसिमको खाने तथा लगाउने हार्मोनयुक्त औषधी वा पम्प बजारमा उपलव्ध भए पनि त्यसको प्रभावकारिता वा विश्वसनीयता विवादग्रस्त नै छ। शल्यक्रिया गरेर स्तनको साइज बढाउने चलन पनि अहिले छ।

समस्या के हो ?

स्तनको आकार वा खँदिलोपन नभएको कुरालाई लिएर यसरी निकट भविष्यमा विवाहको सोच बनाई जीवनभर साथै बस्ने योजना गरिरहेका बेला हुनेवाला जीवनसाथीप्रति यसरी शंका गर्नु नै तपाईंको मुख्य समस्या हो। यसरी शंकाका आधारमा बन्ने तपाईंको भावी वैवाहिक जीवन कति कमजोर जगमा स्थापित होला ? तपाईंहरूको सम्बन्ध यौनसम्पर्कसम्म पुगिसकेकाले अहिले नै तपाईंहरू निकै निकट भएको स्पष्ट हुन्छ। कुनै एक अङ्ग तपाईंले चाहेअनुरूपको नभएको सुनेपछि उहाँलाई कस्तो लाग्ला ? त्यसमा पनि तपाईंले अनावश्यक रूपमा शंका गरेको थाहा पाउनुभयो भने कस्तो स्थिति उत्पन्न होला ? 

स्तन खँदिलो हुँदैमा गर्भवती नभएको वा बच्चा नजन्माएको भन्न सकिँदैन, जुन कुरा कतिपय अभिनेत्री वा अन्य व्यक्तिका कथाबाट थाहा पाउन सकिन्छ। सुखमय भावी जीवनका लागि सक्नुहुन्छ भने यी कुरा मनबाट निकालि अधि बढ्नुहोला, होइन भने मनमा लागेको शंका केटीसाथीसँग स्पष्ट रूपमा राख्नुहोस् र कुरालाई टुङ्ग्याउनुहोस्। तपाईंले यस्ता कुरामा जासुसी गर्न थाल्नुभयो भने पनि नतिजा राम्रो आउँदैन। 

0 comments

Write Down Your Responses

Powered by Blogger.