बच्चालाई दूध चुसाउनुस्, पैसा कमाउनुस्

बेलायतमा नयाँ आमाहरुलाई स्तनपानमा प्रोत्साहित गर्न २ सय पाउण्ड इनाम दिइने भएको छ । यो रकम महिलाको शपिङ भौचर पेश गरेपछि पाइनेछ । हाल यो दक्षिण योर्कशायर र डर्बीशायर इलाकामा एक पाइलट परियोजनाका रुपमा सुरु गरिएको छ ।

breast-feeding
यो क्षेत्रमा स्वास्थ्यका कारण स्तनपानलाई प्रोत्साहित गर्नु पर्ने आवश्यकता महसुस गरिएको थियो । यस परियोजनाका लागि सरकारी मेडिकल रिसर्चसँग जोडिएका संगठनहरुलाई रकम जुटाउन सहमति दिइएको छ । छिट्टै अर्को एक क्षेत्रमा पनि परियोजना सुरु गरिने सम्भावना छ । बीबीसीका अनुसार आगामी मार्चसम्ममा आमा बन्ने १ सय ३० महिलासँग यो परियोजनासँग जोडिने विकल्प हुनेछ । परियोजना सफल भए आगामी वर्ष इङ्ग्ल्याण्डमा राष्ट्रियस्तरमै लागू गरिनेछ ।
परियोजना सञ्चालन गरिएको क्षेत्रमा चारमा एक आमाले मात्र ६ हप्तासम्म स्तानपान गराउँछन्, जव कि राष्ट्रिय औसत स्तनपान दर ५ प्रतिशत छ । २ सय पाउन्ड पुरस्कारका लागि एक आमाले आफ्ना बच्चालाई ६ महिनासम्म स्तनपान गराउनु पर्ने हुन्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.