क्यान्सर पीडित छोरी भेट्न प्रचण्ड दिल्ली जाँदै
१२
मंसिर काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड विहीबार बिहान
दिल्ली जानुहुने भएको छ । दिल्लीमा उपचाररत क्यान्सरपीडित छोरीलाई भेट्न
उहाँ दिल्ली जान लाग्नुभएको भएको हो ।
प्रचण्डकी जेठी छोरी ज्ञानु केसी
क्यान्सरको समस्याले नोयडाको सेक्टर २ मा अवस्थित फोटिक्स हस्पिटलमा डेढ
महिनादेखि उपचार गराइरहनुभएको छ । उहाँको लिभरमा समेत समस्या रहेको र डा.
मनिषको निगरानीमा उपचार भइरहेको छ । उहाँलाई क्यान्सरको उपचारका लागि यसअघि
अमेरिकासमेत लगिएको थियो । उहाँको अवस्था गम्भिर रहेको जनाइएको छ ।
छोरीको अवस्था जटिल बन्दै गएकाले प्रचण्ड
उहाँलाई भेट्न विहीबार विहान १० बजे दिल्ली जान लाग्नुभएको एमाओवादीका
केन्द्रीय सदस्य एवं प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले
बताउनुभयो । खड्काका अनुसार प्रचण्ड शुक्रबारै स्वदेश फर्कने कार्यक्रम छ ।
उहाँका साथ सीता दाहाल पनि छोरी भेट्न जान लाग्नुभएको खड्काले बताउनुभयो ।
![]() |
0 comments
Write Down Your Responses