‘मिस इन्टरकन्टिनेन्टल’मा सहभागी हुने नेपाली चेलीको विकिनी अवतार(फोटो फिचरसहित)

आगामी डिसेम्बर १४ तारिखमा जर्मनीको म्याडगेबर्ग स्थित मारिटिम होटलमा आयोजना हुन लागेको ‘मिस इन्टरकन्टिनेन्टल २०१३’ मा सहभागी हुन मोडल ओशिका न्यौपाने शनिबार त्यतातर्फ प्रस्थान गर्ने भएकी छिन् । यो प्रतियोगिताको ४२ औं संकरणमा नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको हो ।oscica-neupane-mainविश्वका विभिन्न ५८ वटा देशका सुन्दरीहरुले प्रतिस्पर्धामा सहभागी हुनेछन् । मिस यूनिभर्स हुनु अघि भारतिय नायिका लारा दत्तले यो उपाधी चुमेकी थिइन् । नेपालमा केही समय अघि आयोजना भएको ‘मिस इन्टरनेशनल नेपाल’को उपाधी जितेपछि ओशिकाले यो अन्तरराष्ट्रिय प्रतिस्पर्धामा सहभागीता जनाउन पाएकी हुन् ।
ओशिकाले प्रतिस्पर्धामा सहभागी हुनुपूर्व विभिन्न तालिम पनि लिइसकेकी छिन् । उनको लागि डिजाइनर विश्व गौतमले इभिनिङ गाउन तथा कार्यक्रमका लागि आवश्यक अन्य पहिरन तयार पारेका छन् । टेलिभिजनकर्मीको रुपमा पनि अनुभव बटुलिसकेकी ओशिकाले पौडी, भ्रमण, नृत्यमा रुची भएको बताइन् । २० बर्षको उमेरमै यो प्रतिस्पर्धामा सहभागी हुन लागेकी ओशिकालाई हाम्रो तर्फबाट पनि सफलताको शुभकामना ।osica-neupane-1
osica-neupane-2
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.