निर्वाचनको बेला घाइते भेटिएका मतदान अधिकृत अझै अचेत
अज्ञात समूहको आक्रमणबाट एक साता अघि घाइते अवस्थामा भेटिएका एक निर्वाचन
अधिकृत अझै अचेत अवस्थामा छन् । भक्तपुरको लोकन्थली उपस्वास्थ्य चौकीको
मतदान केन्द्रमा मतदान अधिकृत वकिल झालाई निर्वाचनको दिन गत मंगलबार
पेप्सीकोला पुलको उत्तरतर्फ बेहोस अवस्थामा भेटिएपछि राजधानीको बासबारी
स्थित न्यूरो अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको छ । उनलाई मंगलबार
पौने आठ देखि साढे बजेको समयमा सांघातिक आक्रमण भएको हुन सक्ने प्रहरीको
अनुमान आजको कान्तिपुरमा खबर छ
उनी प्राबिधिक शिक्षा तथा व्यबासायिक तालिम परिषद् (सीटीईभीटी) का उपनिर्देशक हुन् । निर्वाचनको दिन मतपेटिका मतगणना स्थलमा पुर्याएर घर जादै गर्दा कुटेको हो वा घरबाट बोलाएर उनीमाथि कुटपिट भएको हो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आक्रमणपछि पेप्सीकोला पुलबाट उत्तर तर्फ मनोहरा खोला नजिकै घाइते अवस्थामा बुधबार बिहान बेहोस अवस्थामा उनलाई भेटिएको थियो । घटना भएको एक सातापछि सोमबार मात्रै आफन्त चिन्न थालेका छन। 'आज (सोमबार)देखि परिवार चिन्न सक्ने हुनु भएको छ,'उनका छोरा शनिले भने,'स्वास्थ्यमा समेत सुधार भएको छ ।' उनको न्यूरोको सघन कक्षको ३ नम्बर शैयामा राखेर उपचार भइरहेको छ । सोमबारसम्म डेढ लाख खर्च भइसकेकेा उनले बताए । उपचारमा अहिलेसम्म आफैले खर्च गरेको उनले बताए ।
कुटपिट गरेर फ्याकिए पनि मोबाइल बाहेक केही सामान हराएको छैन । झाको टाउको, जिउ, अनुहारलगायत विभिन्न भागमा चोट लागेको छ । घाइतेको अवस्था बुझन सोमबार अपरान्ह मुख्य सचिव लिलामणि पौडेल, शिक्षा सचिव नारायणगोपाल मलेगो, निर्वाचन आयोगका सचिव नरेन्द्र दाहाल अस्पताल पुगेका थिए । उनीहरुले घाइतेका परिवारलाई भेटेर कुटपिटमा संलग्नलाई खोजी गरी पक्राउ गर्ने र उपचार खर्च सरकारले गर्ने आश्वसन दिएका छन । आयोगका सचिव दाहालले घाइतेको उपचारमा संलग्न चिकित्सकसंग भेटेर स्वास्थ्य अवस्था बुझदा खतरामुक्त रहेको जानकारी पाएको बताए । निर्वाचनमा खटिएका कर्मचारी भएकोले उनको उपचार खर्च बिमाबाट भुक्तानी गराउने बताए ।
रौतहत मतसरी ४ स्थायी घर भएका उनी निर्वाचनमा खटिनु पर्ने भएपछि परिवारसंग छठ समेत नमनाई फर्केका थिए । परिवारका सबै सदस्य गाउमा थिए । घटना भएको भोलिपल्ट मर्निङ वाकमा जानेले खोला किनारमा देखेपछि छोरा र श्रीमतीलाई फोन गरेर थाहा दिएका थिए । परिवारका सदस्यहरु मतदान सकाएर मात्रै र्फकन उनले भनेका थिए ।
प्रहरीले निर्वाचनमा खटिएका कर्मचारीप्रति आशंका गरेर अनुसन्धान अघि बढाएको छ । त्यस्तै उनको रिसिइबी रहेको व्यक्ति को छन रु भन्ने खोजी गरिरहेको छ । सहायक कर्मचारीले चिया खर्च माग गरेपनि नदिई हिडेपछि उनीहरुले आक्रमण हुन सक्ने भन्दै यस तर्फपनि प्रहरीले अनुसन्धान गरिरहेको छ । मतदान केन्द्र व्यवस्थापन गर्ने सहयोगीलाई निर्वाचनको अघिल्लो दिन उनले आफनै घरमा लगेर सुताएको समेत अनुसन्धानबाट खुलेको छ । व्यवस्थापनमा खटिएका सहयोगी कर्मचारीले घर देखेको र चिया खर्च नदिएको भन्दै कुटिपिट गरेको हुनसक्ने स्थानीयले अनुमान छ । त्यस्तै निर्वाचनको दिन खाना राम्रो नभएको भन्दै कर्मचारीले गुनासो समेत गरेका थिए ।

![]() |
0 comments
Write Down Your Responses