एकीकृत माओवादीले समानुपातिक तर्फका सभासदको नाम सिफारिस नगर्ने


काठमाडौं, मंसिर १५ एकीकृत नेकपा माओवादीले समानुपातिक तर्फका सभासद् सिफारिस नगर्ने भएको छ । आफ्ना शर्त पुरा नभएसम्म संविधानसभामा नजाने नीति अनुसार एकीकृत माओवादीले समानुपातिकतर्फ सभासद सिफारिस नगर्ने बताएको हो । निर्वाचन आयोगले आइतबार सम्ममा दलहरुसँग समानुपातिकतर्फ सभासद बन्ने उम्मेदवारको नाम माग्ने तयारी गरिरहँदा एकीकृत माओवादीको यस्तो प्रतिक्रिया आएको हो । पार्टी कार्यालय कोटेश्वरमा नियमित पत्रकार भेटघाटका एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले समानुपातिकतर्फको नाम सिफारिस नगर्ने र प्रत्यक्षतर्फ जितेको प्रमाण पत्र पनि नबुझ्ने बताउनुभयो । तर केही विजयी उम्मेद्वारले भने यसअघि नै जितेको प्रमाण पत्र लिइसकेका छन् । उहाँले चुनाव आफ्नो पार्टीले जितेपनि चुनावमा संस्थागत र संरचनागत रुपमै धाँधली गरेर हराएको जिकिर गर्नुभयो । एकिकृत माओवादीले उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरेर छानबिन गर्नुपर्ने र संविधान संशोधन गरी सहमतीय प्रणालीमा जानुपर्ने माग गर्दै आएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.