आफ्नो मुटु यसरी सुरक्षित राख्नुहोस् !

आफ्नो  सुखसुविधाका लागि सहर रोज्नेहरुले विचार पु¥याउनुपर्ने तथ्य सहज जीवनशैलीको पछाडि दौडँदा सहरबासी मुटुरोगको जोखिममा पर्दै गएका छन्। गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा.मनबहादुर केसीले तुलनात्मक रुपमा सहरबासीमा मुटुका लागि जोखिमपूर्ण व्यवहार बढी भएको भन्दै सोही आधारमा सहरमा मुटुरोगीको संख्या बढ्दै गएको बताए।


'एकदुई किलोमिटर पार गर्न पनि सवारी साधन खोज्ने, अत्यधिक धुमपान, मद्यपान र जंकफुड, चिल्लो र बढी नुलिलो खाने बानी बढी छ,' डा. केसीले भने, 'यही बानीले उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल जस्ता रिस्क फ्याक्टर र रोगीको संख्या थपिरहेको छ ।'

मनमोहन कार्डियोथोरासिस सेन्टरका सर्जरी विभाग प्रमुख डा.भगवान कोइरालाले डेढ दुई दशकअघिको एउटा अध्ययनले नेपालमा वयस्कमध्ये ५ प्रतिशतमा मुटुरोग भएको देखाएको भन्दै हाल सहरी क्षेत्रमा २० प्रतिशत वयस्क मुटुरोगी रहेको उनको अनुमान छ ।

चिकित्सकहरुको अनुभवमा मुटु अस्पतालहरुमा हृदयघात भएर आउने बिरामीमध्ये १९ देखि ३० वर्ष उमेरका नै बढी पाइएका छन् । तीमध्ये धेरैजसो सहरी जीवनशैलीको शिकार भएको डा.केसी बताउँछन् । नेपाली समाजमा जन्मजात, बाथ र मुटुको नसामा रगत जमेर हुने 'क्रोनरी' गरी तीन प्रकारका मुटुरोग प्रमुख देखिएका छन् । क्रोनरी हृदयघातको प्रमुख कारण हो ।

बोसोयुक्त खाना र नुन अत्यधिक सेवन, हरियो सागसब्जीको कमी, व्यायाम अभाव र वंशाणुगत कारण पनि मुटु रोग लाग्छ । छाती दुख्नु, दुखाइ फैलँदै जानु, रिंगटा लाग्नु, बेस्सरी पसिना आउनु, छातीमा भारी राखेजस्तो हुनु हृदयघातका लक्षण हुन् । चिकित्सकका अनुसार मुटु रोगका धेरै कारण व्यक्तिले चाहे हटाउन सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर मुटुरोगका कारण १ करोड ७० लाखको मृत्यु हुन्छ । करिब ३ करोड मुटुरोगको जोखिममा छन् । जसको ८० प्रतिशत विकासशील र अल्पविकसित देशमा छन् । नेपालमा पनि जनसंख्याको झन्डै ८ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।

यसैबीच, विश्व मुटु महासंघको आह्वानमा यो वर्ष पनि आइतबार विश्व मुटु दिवस 'स्वस्थ मुटुको बाटो रोज्नुहोस्' भन्ने नारासाथ मनाइयो । नर्भिकले विश्व मुटु दिवस मनाउने सिलसिलामा साताव्यापी कार्यक्रम तय गरेको हो । अस्पतालले शनिबार नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवनयापन गर्दै सयभन्दा बढीको सम्मान गरेको थियो । अस्पतालले दिवसको अवसर पारेर साताव्यापी रुपमा ३ सय रुपैयाँमा मुटु, मधुमेह, रक्तचाप जाँचको विशेष कार्यक्रम घोषणा गरेको छ ।

यसैगरी आइतबारै नेपाल हार्ट नेटले युलेन्स स्कुलमा विभिन्न विद्यालयका विद्यार्थी, चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीले मुटुरोगबाट बच्ने विषयमा चेतनामूलक कार्यक्रम गरेका थिए ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.