दसैंमा ७४ दुर्घटना, ७ सय १८ पक्राऊ
१ कात्तिक, काठमाडौं । दसैंको फुलपातीदेखि दशमीसम्म देशभरिबाट विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न ७ सय १८ जना पक्राऊ परेका छन् । यसअवधिमा ७४ वटा सवारी दुर्घटना भएको गृहमन्त्रालयले जनाएको छ । यीमध्ये लाँकुरी भञ्ज्याङ र चितवनको दारेचोकमा ठूला दुर्घटना भएका छन् ।
दसैंका बेला मुलुकभरिको सुरक्षाको अवस्था
सामान्य रहेको गृह मन्त्रालयको भनाइ छ । यसअवधिमा लुटपाट र चोरीका ८ वटा
घटना भएका छन् भने हत्या २, कुटपिट १३ र धारिलो हतियार प्रयोगका ७ वटा घटना
भएका छन् । दसैंको अवधिमा मापसे गरी सवारी चलाउने र सार्वजनिक स्थानमा
होहल्ला गर्ने ७ सय १८ जनलाई पक्राउ परेको गृहमन्त्रालयले जनाएको छ ।
पक्राऊ परेकामध्ये १५ जनालाई मात्रै कानूनी कारवाही गरिएको छ ।
१२ को मृत्यु, १३ बेपत्ता, ३३ घाइते
दसैंका बेला तीन दिनसम्म झरी परे पनि यो
अवधिमा बाढी पहिरोजस्ता प्रकोेपबाट कोही पनि पीडित नभएको मन्त्रालयको दाबी छ
। तर, असोज २५ गते दोलखाको लाँकुरीडाँडामा ४५ जना तीर्थालु बोकेको बस
दुर्घटना हुँदा १० जनाको मृत्यु भएको, दुईजना उपचार गरी घर फर्केको र ३३
जनाको काठमाडौंमा उपचार भइरहेको गृहमन्त्रलयका प्रवक्ता शंकरप्रसाद
कोइरालाले जानकारी दिनुभएको छ । त्यसैगरी असोज २८ गते चितवनको दारेचोकमा
माइक्रोबस त्रिशुलीमा खस्दा २ जनाको घटनास्थलमै मृयु भएको, ८ जनाको उद्धार
गरिएको र हराएका १३ जनाको खोजी जारी रहेको मन्त्रलयले जानकारी दिएको छ ।
१५ घर र २० वटा पसल खरानी
असोज २७ गते तेह्रथुमको म्याग्लुङ बजारमा
आगलागी हुँदा ८ वटा छर र त्याँ रहेका १५ वटा पसलहरु जलेर पूर्णरुपमा नष्ट
भएको कोइरालाले बताउनुएको छ । त्यसैगरी तेह्रथुमकै छातेढुंगाका ३ वटा घर र
त्यसमा रहेका ५ वटा पसलहरु जलेका छन् । त्यस्तै रामेछाप, मकवानपुर र
संखुवासभामा पाँचवटा घर टहरा जलेर नष्ट भएको दसैंपछि गृहमन्त्रालयले जारी
गरेको वक्तव्यमा उल्लेख छ ।
0 comments
Write Down Your Responses