फेसबुकमा राखिएको समाचारले जेलमा


काठमाडौं, असोज १४ - सेयर बजार साप्ताहिकका सम्पादक दिनेश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । उद्योगपति विनोद चौधरीका छोरा निवार्ण चौधरीको सम्बन्धमा केही समयअघि सेयर बजार साप्ताहिकमा छापिएको समाचार फेसबुक पेजमा राखेकै कारण चौधरीको उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको हो । फेसबुक मार्फत समाचार शेयर गरेवापत विद्युतीय कारोवार ऐन को दफा ४७ बमोजिम आचार्यलाई कारबाहीका लागि उद्योगपति विनोद चौधरीले काठमाडौं प्रहरीमा उजुर गरेका थिए । विद्युतीय कारोवार ऐन अनुसार आचार्यलाई पक्राउ गरिएको र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराईएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रवक्ता हेमन्तवहादुर पालले जानकारी दिनुभयो । सञ्चार सम्बद्ध संघ सस्थाहरुले अनलाइनमा समाचार लेखेको र राखेकै आधारमा पत्रकारलाई विद्युतीय कारोवार ऐन अनुसार पक्राउ नगर्न र कारवाही नगर्न माग गर्दै आएका छन् । यसअघि प्रहरीले यस्ता मुद्दाका बारेमा कारवाही गर्न प्रेस काउन्सिलमा पठाउने प्रतिवद्धता जनाएपनि प्रतिवद्धता विरुद्ध प्रहरीले आचार्यलाई पक्राउ गरेको छ । source:ujalyo

0 comments

Write Down Your Responses

Powered by Blogger.