बैद्य माओवादी मोर्चाद्वारा चार दललाई वार्ताको आहृवान


काठमाडौं । नेकपा-माओवादी नेतृत्वकेा ३३ दलीय मोर्चाले उच्चस्तरीय राजनीतिक दललाई वार्तामा आउन आहृवान गरेका छन् । विद्यमान संकट समाधान गर्दै संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्नका लागि भन्दै ३३ दलीय मोर्चाले ४ दलका नेताहरुलाई वार्तामा आहृवान गरेको हो । ‘विद्यमान सङ्कट समाधान गर्दै संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्नका लागि नेकपा-माओवादीसहित ३३ दलीय मोर्चाको तर्फबाट ४ दलका नेताहरुसँग फेरि पनि वार्ताको लागि आहृवान गर्न चाहन्छ’ मोर्चाको तर्फबाट माओवादी सचिव देव गुरुङ इतिहासको यस घडीमा मुलुकको गम्भीर स्थितिबारे सबै दलहरुले गम्भीरतापूर्वक लिई राष्ट्रिय सहमति कायम गर्न र समस्या समाधान गर्नका लागि हार्दिक आग्रह गर्दछ ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.