फेसबुकमा उमेद्वारलाई गाली गर्न पाइँदैन : प्रजिअ गौतम

१४ असोज, काठमाडौं । निर्वाचन कार्यक्रम प्रारम्भ भई उमेद्वारी दर्ता भएका दिनदेखि टि्वटर, फेसबुक, युट्युव र ब्लगलगायतका सामाजिक सञ्जालहरुमा कडा निगरानी गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले बताउनुभएको छ । फेसबुक, टि्वटर र युट्युवलगायतका सामाजिक सञ्जालमा उमेद्वारहरुको समर्थन वा प्रशंसा गर्न सकिने तर कसैको विरोधमा प्रचार गर्न नदिइने गौतमले अनलाइनखबरलाई बताउनुभयो ।

facebook
‘निर्वाचन कार्यक्रम लागू भई उमेद्वारी दर्ता गरिसकेपछि हामी सामाजिक सञ्जालमा कडा निगरानी राख्छौं ।’ प्रजिअ गौतमले सोमबार अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो, ‘अहिलेसम्म फेसबुक र टि्वटरमा जेजस्तो भए पनि उमेद्वारी मनोनयपछि कसैको विरुद्ध यसरी प्रचार गर्न पाइन्न ।’ तर, सामाजिक सञ्जालमा कुनै पनि उमेद्वारको समर्थनमा वा सकारात्मक विषयमा भने प्रचार गर्न पाइने उहाँले बताउनुभयो ।
चुनावी सुरक्षा योजना केही दिनमै
यसैवीच प्रजिअ गौतमले दुई/तीन दिनभित्रै काठमाडौंको चुनावी सुरक्षा योजना सार्वजनिक गरिने बताउनुभयो । निर्वाचन गराउने जिम्मेवारी जिल्ला निर्वाचन आयोग र प्रमुख जिल्ला अधिकारीको भएको बताउँदै यहाँले चुनावी सुरक्षाको जिम्मेवारी आफूले निर्वाह गर्ने बताउनुभयो ।
राजधानीमा कार्यरत् ६० वटा मिडियामा आवद्ध पत्रकारहरुका लागि आयोजना गरिएको दुईदिने चुनावी प्रशिक्षणमा उद्घाटन मन्तव्य व्यक्त गर्दै सोमबार प्रजिअ गौतमले मुलुक अब निर्वाचनतर्फ होमिएको बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयले सोमबारदेखि नयाँ बानेश्वरको इन्द्रेणी फाष्टफुडमा पत्रकारहरुलाई दुईदिनसम्म तालिम शुरु गरेको छ । तालिममा टेलिभिजन, पत्रपत्रिका, अनलाइन र रेडियोमा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता छ । उनीहरुलाई निर्वाचन आचारसंहिता र चुनावी रिपोर्टिङका विषयमा प्रशिक्षित गरिने आयोगले जनाएको छ । तालिमको उद्घाटन गर्दै सोमबार काठमाडौंका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश अच्युत विष्टले आइतबारदेखि नै आफूहरु कार्यालय खोलेर काममा जुटेको बताउनुभयो । ‘नयाँ बानेश्वरमा काठमाडौंका १० वटै निर्वाचन अधिकृतहरुको कार्यालय खोलेर हामीले हिजैबाट काम शुरु गरेका छौं ।’ विष्टले भन्नुभयो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.