दसैंसम्म ४६ सडकमा गाडी गुड्ने
सिन्धुपाल्चोक- वर्षायाममा अवरुद्ध जिल्लाका ४६ ग्रामीण सडक दसैंसम्ममा सञ्चालन हुने भएका छन्। ग्रामीण पहुँच परियोजना (र्या प) मा समेटिएका ती सडक मर्मत गर्न बेलायत सरकारले ३५ लाख रुपैयाँ अतिरिक्त सहयोग गरेको थियो।
जिविसका सूचना अधिकृत राजेन्द्र प्याकुरेलका अनुसार बेलायत सरकारको अन्तर्राष्ट्रिय विकासका लागि विभाग (डिएफआइडी) बाट गत वर्ष प्राप्त २४ लाख, रेखालु व्यवस्थापनबाट बचेको १ लाख ८७ हजार, जिल्ला परिषदबाट विशिष्ट तीन सडकमा विनियोजित १८ लाख, जिविस मर्मतसम्भार विशेष कोषबाट ३ लाखसमेत गरी ८१ लाख रुपैयाँ सडक मर्मत गर्न व्यवस्था मिलाइएको थियो।
अत्यावश्यक स्थानमा आकस्मिक मर्मत गरी सडक सञ्चालनमा ल्याउने जिविसको भनाइ छ। सडक मर्मत गरी गाडी सञ्चालनमा ल्याउन गत सोमबारबाट उपभोक्ता समिति र जिविसबीच सम्झौता सुरु भएको थियो। उपभोक्ता समितिलाई अभिमुखीकरण तालिमसहित निर्माण सम्झौता पूरा भएको सूचना अधिकृत प्याकुरेलले जानकारी दिए। उनले आकस्मिक मर्मत गर्न सडकमा प्रतिकिमि १५–२० हजार रुपैयाँका दरले बजेट विनियोजन गरिने बताए।
सुकुटे–पुरानोकोट–लिसंखु–एक्काइस किलो, चौतारा–सिपाघाट, बलेफी–जलवीर–तेम्बाथान, मेलम्ची–तिपेनी–भोताङ, बाह्रविसे–मानेश्वाँरा–घुम्थाङ–लिस्तिलगायत मुख्य बजार केन्द्र र गाविस मुकाम जोड्ने सडकको आकस्मिक मर्मत सुरु भएको हो।
जिविसको तथ्यांकअनुसार हाल जिल्लामा २ हजार ५ सय मिटर धुले सडक छ। स्त्तरोन्नति नहुनाले केहीमा बाहेक अधिकांशमा वर्षायामका बेला यातायात साधन चल्दैनन्।
जिल्ला सडक गुरु योजनामा परेका ५९ धुले सडक र्यािप–३ मा समेटिएका छन्। बाह्रैमास यातायात सञ्चालन हुने गरी सडक स्तरोन्नति गर्ने लक्ष्यसाथ र्याैप–३ लागू भएको हो। यसअघि सवारी साधन चल्दै आएका, बाटो र उपभोक्ता समितिबीच विवाद रहेका १० सडकबाहेक अरू मर्मत गर्न लागिएको जिविसले जनाएको छ।
र्याकप–३ का लागि यस वर्ष ११ करोड ७५ लाख रुपैयाँ विनियोजन भइसकेको छ। यसमा बेलायत सरकारको १० करोड र नेपाल सरकारको १ करोड ७५ लाख रुपैयाँ अनुदान छ।
0 comments
Write Down Your Responses