पैसा लिएर पर्चा बेच्दै नारायणकाजी !

१४ कात्तिक, हेटौंडा । अरु उम्मेदवारले आफ्नो प्रचारका पर्चापम्पलेट सित्तैंमा मतदातालाई वितरण गरिरहेका बेला एमाओवादीका नारायणकाजी श्रेष्ठले भने मतदातासँग पैसा लिएर पर्चा बेचिरहेका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठले मतदातालाई पर्चा बेच्ने नयाँ अभियान थालेका छन् । उनले चुनाव अभियानमा आफ्नो पर्चालाई प्रतिकपी १० रुपैयाँका दरले बेचिरहेका छन् । ‘थाहा’ अभियान अभियन्ता रुपचन्द्र विष्टलाई पछ्याउँदै उनले यस्तो अभियान थालेका हुन् । विष्टले तत्कालीन पञ्चायती व्यवस्थामा हुने निर्वाचनमा पाँचदेखि ५० पैसासम्म लिएर पर्चा बेच्थे । विष्टकै गृह क्षेत्रबाट चुनाव लडेका श्रेष्ठले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी पत्रकारलाई पनि १० रुपैयाँमा आफ्नो प्रचार पर्चा बेचे ।

‘मतदाताबाट चुनाव खर्च जुटाउन यस्तो अभियान थालेको हुँ,’ श्रेष्ठले भने, ‘मतदाताबाट राम्रो प्रतिक्रिया पाएको छु,’ श्रेष्ठले यो अभियानकै कारण मतदाताको आफूप्रति आकर्षण बढेको दाबी गरेको अन्नपूर्ण पोस्टमा खबर छ । श्रेष्ठसँग एमालेका जिल्ला उपाध्यक्ष सुवासचन्द्र ठकुरी र कांग्रेसका जयराम लामिछाने प्रतिष्पर्धामा छन् ।



0 comments

Write Down Your Responses

Powered by Blogger.