रेमिट्यान्स धेरै भित्राउने मा नेपाल तेस्रो !
काठमाण्डौं अशोज २० । कुल ग्राहस्थ उत्पादन -जीडीपी)को अनुमानमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल विश्वकै तेस्रो भएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले सन् २०१२ मा जीडीपीको अनुपातमा २५ प्रतिशत रेमिट्यान्स भित्र्याएको छ । २०११ मा नेपाल यो सूचीको पाँचौ स्थानमा थियो । नेपालसँगै लेसोथोले पनि त्यस बर्ष जीडीपीको अनुपातमा २५ प्रतिशत रेमिट्यान्स भित्र्याएको थियो ।
आर्थिक सर्वेक्षणमा नेपालले आव ०६८/६९ मा जीडीपीको अनुपातमा २३.१ प्रतिशत रेमिट्यान्स भित्र्याएको र ०६९/७० मा २२.१ प्रतिशत भित्र्याउने उल्लेख गरिएको कारोबार दैनिकमा खबर छ ।
गत बर्ष सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुकमा ताजकिस्तान अगाडि छ । उसले जीडीपीको अनुपातमा ४८ प्रतिशत रेमिट्यानस भित्र्याएको थियो । दोस्रोमा रहेको क्रिस रिपब्लिकले ३१ प्रतिशत र चौथो माल्दोभाले २४ प्रतिशत रेमिट्यान्स बुझेका छन् ।

0 comments
Write Down Your Responses