विभिन्न पार्टी परित्याग गरी करिब तीन सयजना युवायुवती एमालेमा प्रवेश
आँवुखैरेनी, ०२ कात्तिक ।
एमाले नेता केपी ओलीले एमाओवादीका मुख्य नेताहरुको व्यावहारका कारण कार्यकर्ता र लडाकुहरुमा एमाओवादीप्रतिको आस्था टुटेको बताएका छन् । एमाले आ“वुखैरेनी गाउ“ कमिटीको कार्यालय उद्घाटन गर्दै नेता ओलीले एमाओवादीले शिविरमा रहेका लडाकुलाई परिवर्तनको सपना देखाएर धोका दिएको बताए ।
"शिविरमा रहेका लडाकुलाई परिवर्तनको सपना देखाएर उनीहरुको नाममा राज्यले दिएको चेक समेत माओवादीका नेताले खोसे," उनले भने, "एमाओवादीप्रति अहिले स्वयं लडाकु र जनता सबैको सपना टुटेको छ ।"
संविधान सभाको निर्वाचनबाट एमाले वहुमत प्राप्त दल भएमात्र मुलुकमा जनताले चाहेको जस्तो संविधान बन्ने उनले बताए ।
एमालेमा युवाको आकषर्ण बढ्दै गई रहेकाले चारैतिरबाट एमालेलाई विचलन गराउने प्रयास भई रहेको उनले बताए । एमाओवादीलाई ठग पार्टर्ीीे संज्ञा दिदैं एमाओवादीका मुख्य नेताले क्रान्तिको कुरा गर्नु हा“स्यास्पद भएको उनले बताए । "क्रान्तिको नाम दिएर ठगहरुले काठमाडौंमा गगनचुम्मी भवन बनाएर करोडपति भए," उनले भने, "शरीरको बलिदानी दिएर लड्ने लडाकुहरु भने सडकपति भए । स्वरोजगार कोषको नाममा ठगहरुले मनोमानी २०/२२ करोड बा“डेर सके ।" उनले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि केही दललाई समेतस“गै लिएर जाने प्रयास गरिएपनि सम्भव नभएको बताए । संविधान सभाको निर्वाचन मंसिर ४ मा नै हुने पक्का भएकाले कसैले रोक्न नसक्ने बताएका छन् । "केही दल, केही व्यक्ति र केही समुहलाई मंसिर ४ गतेको निर्वाचनमास“गै जान आग्रह गर्यौं," उनले भने, "तर, उनीहरुबाट निर्वाचन बहिस्कार सम्भव छैन ।" शान्ति र लोकतन्त्र रक्षाको लागि एमालेलाई जिताउनु पर्नेमा उनले जाड दिए । उनले एमालेले जेष्ठ नागरिक, युवा स्वरोजगार र आफ्नो गाउ“ आ“फै बनाऔं जस्तो लोकप्रिय कार्यक्रम अघि सारेकाले पनि एमालेलाई जिताउन आवश्यक रहेको उनले बताए । उक्त कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय वैकल्पिक सदस्य एक बहादुर रानाले मुलुकलाई आर्थिक, सामाजिक रुपमा अगाडि बढाउन निर्वाचन अपरिहार्य भएको र यस विषयमा सबै राजनीतिक दलहरु सचेत बन्दै गएको हुँदा मंसिर ४ गतेको संविधानसभा सदस्य निर्वाचन सफल बनाउन सबै एक भएर लाग्नुपर्ने बताएका छन् । सदस्य रानाले आफू अघिल्लो संविधान सभा निर्वाचनमा प्राविधिक कारणबस तनहुँको क्षेत्र नं. १ बाट पराजित भएपनि अहिले यस क्षेत्रका जनताले एमालेको बहुमत चाहेको र तनहुँका तीनवटै क्षेत्रमा एमालेको लालकिल्ला बन्ने दाबी गरेका थिए । यसैगरी, तनहुँ क्षेत्र नं. १ का उम्मेदवार रामबहादुर गुरुङ्गले आफु विकासप्रेमी भएको र यस क्षेत्रमा औद्योगिकरण, कृषि क्षेत्र, ग्रामीण पर्यटन तथा युवाहरुलाई गाउँमै रोजगारीको अवसर सृजना गराउन आफु लागि पर्ने दाबी गरेका छन् । त्यस्तै, गुरुङ्गले अहिलको आवश्यकाता भनेकै आर्थिक क्रान्ति र राजनीतिक संक्रमणको अन्त्य भएकाले यो कार्य गर्न एमालेलाई बहुमतको सरकार आवश्यकाता भएको हुँदा एमालेलाई सरकारको नेतृत्व दिन आम जनताले र्सर्ूयमा मतदान गर्न आग्रह गरेका थिए । आँवुखैरेनी गाउँ कमिटीका अध्यक्ष विर बहादुर विकको सभापतित्वमा आयोजित कोणसभामा जिल्ला कमिटीकी सचिव भगवती न्यौपाने, आँवुखैरेनी गाउँ कमिटीका ऋषी केसी लगायतका वक्ताहरुले आ-आफ्ना धारणा व्यक्त गरेका थिए भने सोही अवसरमा आँवुखैरेनी गाउँ कमिटी सर्म्पर्क कार्यालयको एमाले नेता केपी ओलीले उद्घाटन गरेका थिए । त्यस्तै, ढकालटारको युवायुवतीहरुको साँस्कृतिक समुहले कौरा नृत्य प्रस्तुत गरेको कार्यक्रममा विभिन्न राजनीति दल परित्याग गरी करिब तीन सय जना भन्दा बढी युवायुवतीहरु एमालेमा प्रवेश गरेका थिए भने, एमाले प्रवेश गरेका नवप्रवेशीहरुलाई नेता ओलीले स्वागत गरेका थिए ।

![]() |

0 comments
Write Down Your Responses