चीन-जापान विवाद बढ्यो

टोकियो (एएफपी), कार्तिक १३ - जापानी रक्षामन्त्री इत्सुनोरी ओनोदेराले मंगलबार द्वीपको विवादमा बेइजिङले शान्ति खलबल्याउन खोजेको आरोप लगाएका छन् । चीनले आफ्ना मानवविहीन विमानमाथि प्रहार गर्ने प्रयास 'युद्धको कार्य' हुने चेतावनी दिएपछि जापानले पनि मुख खोलेको हो ।

पूर्वी जलक्षेत्रमा विवाद सुरु भएपछि चीनको पारमाणविक क्षमतायुक्त पनडुब्बीको त्यहाँ देखा परेको छ । जापानले युद्धअभ्यास गर्ने तयारीमा छ । रक्षामन्त्री ओनोदेराको टिप्पणीले दुई मुलुकबीच द्वन्द्व अझै बढ्ने देखिन्छ ।

उनले टोकियोमा पत्रकारहरूलाई सेनकाकु द्वीपको वरपर चीनको प्रवेशले आपत्कालीन अवस्था देखाउने विश्वास गरेको बताए । जापानले सन् २०१२ मा आफ्ना नागरिकबाट उक्त तीन द्वीप खरिद गरेको थियो । चीनले दियाओयुस भन्ने गरेको उक्त द्वीपमाथि आफ्नो दाबी कायम राखेको छ ।

चीनको तटीय सुरक्षा समूहले सोमबार चार जहाज उक्त द्वीपको वरपर पठाएको थियो । जापानी जहाजहरू पनि त्यहा पुग्ने गर्छ । चीनले आफ्ना विमानहरू प्रशान्त क्षेत्रमा पठाएको थियो । जापानी विमानहरू पनि उक्त क्षेत्रमा पुगेका थिए । ओनोदेराले उक्त क्षेत्रमा दुई पूर्वचेतावनी दिने विमान तथा दुई बमवर्षक विमान देखिएको बताए । उनले सामान्यतः यस्ता नहुने नगरेको बताए ।

उनले चीनले खुला सागरका साथमा आफ्नो क्रियाकलापको क्षेत्र विस्तार गरिरहेको बताए । गत साता जापानी प्रधानमन्त्री सिन्जो आवेले जापानी हवाई क्षेत्र छोड्न चेतावनी दिएका थिए । उनले कुनै पनि मानवविहीन विमानले नछोडेमा त्यसमाथि आक्रमण गर्न स्वीकृति दिएका थिए । त्यसभन्दा अगाडि आधिकारिक रूपमा पहिचान नभएको एक विमान जापानको दक्षिणी भागमा पुगेको खबर आएका थिए । नीति निर्माताहरूले उक्त विमान चिनियाँ भएकोमा शंका नभएको बताएका थिए ।

चीनको रक्षा मन्त्रालयले शनिबार जापानले आफ्ना विमानमा आक्रमण गरे त्यो 'भडाउने गम्भीर प्रयास हुने र त्यो युद्धको कार्य जस्तो हुने' बताउँदै त्यसको कडा प्रतिक्रिया दिइने चेतावनी दिएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले मंगलबार पत्रकारहरूलाई जापानले बाह्य चेतावनीको सिद्धान्तलाई उकास्ने तथा आफ्नो सैनिक क्षमता बढाउने भित्री चाहना अन्तर्राष्ट्रिय समुदाय समक्ष देखाउने कार्य बन्द गर्नुपर्ने बताए । टोकियोको ओबिरिन विश्वविद्यालयका रक्षा तथा सुरक्षाका प्राध्यापक अकिरा कातोले दुई पक्ष पृथक बसेर काम गरिरहेको र कूटनीतिक स्तरमा वार्ता नभएसम्म अवस्था अझै खराब हुने बताए ।

जापान तथा अमेरिकाबीच सुरक्षा गठबन्धन कायम छ । त्यसअनुसार जापानमाथि आक्रमण भएमा अमेरिका सहयोगका लागि आउनुपर्नेछ । प्राध्यापक कातो सोही सम्झौतातर्फ पनि संकेत गरेका छन् । जापानले गरेको टिप्पणी बेइजिङको पारमाणविक पनडुब्बी उक्त स्थानमा देखिएपछि आएको हो । टोकियोले गत साता विवादास्पद द्वीपभन्दा सयौं किलोमिटर पर आफ्ना द्वीपलाई कसैले नियन्त्रण गरे त्यसलाई छुटाउने उद्देश्यको सैनिक अभ्यास गर्ने घोषणा गरेको थियो । यस अभ्यासमा ३४ हजार सैनिक संलग्न हुनेछ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.