९ सय ९९ वटा कारसँग सहबास गर्ने पुरुष (भिडियो सहित)
पछिल्लो ४८ वर्षमा उनका एक हजार भन्दा बढि यौनसाथी भए । तर अचम्मको कुरा ती एक हजार मध्ये केवल एक जना मान्छे हुन् । अरु ९९९ वटा यौनसाथी गैरमान्छे थिए । अर्थात् ६३ वर्षका इडवार्ड स्मिथले ९ सय ९९ वटा गाडीसँग सम्भोग गरे ।
रेल, जहाज तथा अन्य गाडीसँग आकषिर्त तथा
उत्तेजित हुने यौनिक चरित्र अर्थात् मेकाफाइल भन्ने रोगबाट ग्रसित ती
पुरुषले एक पटक तथा हेलिकप्टरसँग पनि सहबासको प्रयास गरेका थिए ।
साथीहरु सुन्दरीका वक्षस्थल तथा नितम्बमा आँखा लगाउँछन् तर मैले भने सुन्दर कारको अगाडि र पछाडिको भाग हेर्छु, उनी भन्छन् ।
उनले आफ्नो सक्रिय यौन जिवनमा ९ सय ९९ वटा कारसँग मैथुन गरे । तर ती ९ सय ९९ वटा गाडि उनका भने थिएनन् । अब भने उनी बल्ल आफ्नो एक ३० वर्षे कारसँग सम्भोग गर्ने मनसायमा पुगेका छन् । ३० वर्षअघि किनेको भ्यानिल्ला नामक भक्सवागन कारसँग सम्भोग गर्ने उनको योजना छ । एक टेलिभिजनसँगको अन्तरवार्तामा उनले भनेका छन्, ‘जब मैले भ्यानिल्लालाई अँगालोमा बाँधे तब उनले शक्तिशाली प्रतिक्रिया जनाइन् । त्यसपछि उनलाई अलिकति कोतरिँदा पनि मेरो मुटु भाँचिन थाल्यो ।’
सन् १९७३ को ओपेल जीटी तथा १९९३ को फोर्ड रेन्जर सँग पनि उनको सहबास भयो । आफुलाई १३ वर्षको हुँदादेखि नै कारसँग सम्भोग गर्ने मन जाग्न थालेको र कार भन्ने चिज सम्भोगकै लागि भएको लाग्ने गरेको उनी बताउँछन् । आफुजस्तै गाडीका भोगीहरु विश्वमा ५ सय जना जति रहेको उनको अनुमान छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses