सलमान ले ऐश्वर्यालाई अझै भुल्न सकेनन !
बलिउडका अविवाहित नायक सलमान खानको जीवनमा प्रेम र रोमान्सको चर्चा सधै नै हुने गर्दछ । सलमानको जीवनमा आउने युवतीहरुको संख्या धेरै नै छ । बलिउडका सुन्दरीहरु पनि सलमानको प्रेमिकाको रुपमा उनको जीवनमा आइसकेका छन् ।सलमानको प्रेम जीवनमा सबैभन्दा धेरै चर्चा नायिका ऐश्वर्या रायसँग भयो । उसो त अहिले नायिका ऐश्वर्या राय विवाह बन्धनमा बाधिएर पनि एक छोरीको आमा भैसकेकी छिन् ।
तर सलमानले भने ऐश्वर्यालाई चर्चित रियालिटी शो ‘बीग बोस’बाट नै याद गरेका छन् । सलमानले ऐश्वर्याको नाम लिनका लागि ‘बीग बोस’मा सहभागी एक प्रतिस्पर्धीलाई चुनेका छन् ।
तर जसरी भए पनि सलमानले ऐश्वर्या रायको प्रशंसा गरिरहेका छन् । सलमानले अझै पनि ऐश्वर्या रायलाई भुल्न सकेका छैनन् । उनी अरुको मुखबाट ऐश्वर्याको बारेमा केही नराम्रो अझै सुन्न सक्दैनन् । सन् २००८ मा सलमान र साहरुखको झगडा ऐश्वर्याकै बिषयमा भएको थियो ।


0 comments
Write Down Your Responses