के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० कात्तिक ८ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले सभापतिको अनुपस्थितिमा पनि कांग्रेसले घोषणा पत्र जारी गरेको र प्रमुख दलले नै निर्वाचन आचारसंहित उल्लंघन गर्न थालेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नागरिक दैनिकले जेट विमानले कुकुर कुल्चँदा एक घन्टा उडान नभएको खबरलाई मुख्य बनाएको छ भने भिआइपीको विदेश भ्रमणमा तीन महिनामै तीन करोड खर्च भएको खबरलाई नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ ।

लोपोन्मुख जातिबाट कोहीपनि उम्मेदवार नभएको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ भने, निर्वाचनमा खटिने कर्मचारीको १५ लाखको बिमा हुने खबरलाई राजधानी दैनिकले मुख्य रुपमा छापेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.