सुरक्षा मजबुत पार्न प्रधान सेनापतिको निर्देशन
प्रधानसेनापति गौरबशमशेर जबराले मंगलबार नुवाकोट आएर निर्वाचन सुरक्षाको अबस्था जानकारी लिएका छन् । प्रधानसेनापति जबरा फस्ट रैफल गणको खरानीटार सुरक्षा गुल्ममा आई संविधान सभा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नको लागि नुवाकोटमा सेनाले खेलिरहेको भूमिका जानकारी लिन आएको बताइएको छ ।
प्रधानसेनापति जबरालाई फस्ट रैफल गणका गणति हरिबहादुर चौहानले नुवाकोटमा सेनाको निर्वाचन सुरक्षाको लागि भईरहेको परिचालन र अहिलेको अबस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रधान सेनापति गौरबशमशेर जबराले संविधान सभा निर्वाचन सफलता पूर्वक सम्पन्न गराउन सेनाको तर्फबाट चुस्त सुरक्षा दिन निर्देशन दिनुभएको फस्ट रैफल गणले जनाएको छ ।
0 comments
Write Down Your Responses