उपत्यकाका सवारी र मान्छे चुनौती बन्दै
काठमाण्डौं । काठमाण्डौं उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चापका कारण जनसंख्यासम्बन्धी समस्या बढेर जानु राज्यकै लागि चुनौतीको विषय बनेको विज्ञहरुले बताएका छन् ।
उपत्यकामा पार्किङस्थलको अभाव बढ्नुमा बिनायोजना ठूला-ठूला भवन निर्माण गर्ने र उद्योग, व्यवसाय, कलकारखाना सञ्चालनका लागि भाडामा लगाई सडकै पार्किङ गराउनु प्रमुख कारण भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख केशव अधिकारीले बताएको नेपाल समाचारपत्रमा खबर छ ।
यसरी जथाभावी रुपमा सवारी साधन पार्किङ गर्नाले सडक दुर्घटना बढ्न गई धेरै मानिस अंगभंग भई अस्वस्थ हुनुका साथै सडकको सुन्दरता र वातावरणमा समेत प्रभाव पर्दै गएकाले अवैधानिक रुपमा पार्किङस्थल खडा गर्दै आएका व्यक्ति तथा संघसंस्थालाई कानुनी कारबाही अघि बढाएको पनि ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।
बागमती अञ्चलमा ६ लाख ८७ हजार सवारी साधनको व्यवस्थापन जम्मा १ हजार १ सय ५० जना ट्राफिक प्रहरीले गरिरहेका छन् ।
0 comments
Write Down Your Responses