काठमाडौं-डेटौंडा सुरुङ मार्गको शिलन्यास
काठमाडौं । काठमाडौं-हेटौंडा सुरुङ मार्गको निर्माण कार्य सोमबारदेखि शुभारम्भ भएको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले मकवानपुरको भिमफेदीबाट सुरुङ मार्ग निर्माण कार्य सुभारम्भ गरेको हो । सार्वजनिक-निजी-जनता साझेदारी -फोर-पी) मोडलमा बन्न लागेको परियोजनालाई निर्धारित समयमै पुरा गर्ने कम्पनीले दाबि गरेको छ । परियोजनाको निर्माण कार्य संविधानसभा निर्वाचनपछि द्रुत्ततर गतिमा अगाडी बढाउने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ । यस परियोजनामा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको समेत लगानी रहनेेछ भने नेपाली र नेपालीहरुबाट स्थापना भएका विभिन्न व्यवसायिक संस्थाहरुको अनुभव, सीप, साधन र श्रोतको समेत प्रयोग गरिने छ ।
|
0 comments
Write Down Your Responses