के छापियो मंगलबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० कात्तिक २६ गते मंगलबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले शान्तिपूर्ण भनिएको ३३ दलको बन्दमा बम आतंक भएको र शीर्ष नेताहरु भने हड्तालकै बावजुत पनि चुनाव प्रचारमा हिँडेको खबरलाई प्राथमिकताका साथ छापेका छन् । 

नयाँ पत्रिकाले सबै मतदाताले परिचय पत्र नपाउने बाँकीलाई निर्वाचन पछि दिने खबरलाई मुख्य रुपमा छापेको छ भने नागरिक दैनिकले ८० जना उम्मेदवार मतदाताको सूचीमै नरहेको खबरलाई मुख्य बनाएको छ ।
चुनाव बहिष्कार कागजी बाघ मात्र भएको अन्नपूर्ण पोस्टमा खबर छ भने, कान्तिपुर दैनिकले वैज्ञानिक दयानन्द बज्राचार्यको निधन भएको खबरलाई मुख्य बनाएको छ।



0 comments

Write Down Your Responses

Powered by Blogger.