ताराकान्त सवैभन्दा कान्छा सभासद


काठमाडौ । संबिधानसभा निर्वाचनको नजिता संगै दोस्रो ठूलो दल बनेको नेकपा(एमाले)मा युवाको संख्या अधिक रहेको छ बिद्यार्थी राजनीति बाटै माथि उठेका युवाहरुको संख्या बढेको देखिएको हो । यस बाहेक पनि नेकपा(एमाले)का ताराकान्ता चौधरी सवैभन्दा कान्छा सभासदका रुपमा बिजयी भएका छन् । २९ बर्षीय चौधरी सप्तरी चारबाट सभासद भएका हुन् । सवभन्दा बढी उमेरका सभासद भने नेपाली कांग्रेसका रहेका छन् । सवैभन्दा जेष्ठ सभासद नेपाली काग्रेसका सभापति सुशील कोईराला हुन् । उनको उमेर ७४ पुगेको छ । त्यसबाहेका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष्य तर्फ बिजयी हुने सभासद्हरुको उमेर ४० देखि ६० सम्मका बढी रहेका छन् । ४० बर्ष मुनीका नेपली काग्रेसमा ४,एमालेका पाँच र एकीकृत माओवादीका तीन जना सभासद रहेका छन् । आयोगका अनुसार ४५ बर्षमुनिका सभासद ४४ जना रहेका छन् । नेपाली काग्रेसका गगन थापा ३७ पनि काठमाडौ चार बाट बिजयी भएका छन् र उनी पनि कान्छा सभासद मध्ये पर्दछन् । ती बाहेक एमालेको उदयपुरबाट बिजयी मंजुकुमारी चौधरी ३९ बर्षीय छन् । उनको मत अन्तर पनि २३ मात्र रहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.