सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग भिड्दै
१४ मंसिर, काठमाडौं । यूएईमा जारी विश्व ट्वान्टी–२० छनोट क्रिकेटको सेमिफाइनलमा नेपाल आज अफगानिस्तानसंग खेल्दैछ । अबुधावीमा नेपाली समय अनुसार पौने ४ बजेपछि हुने खेलमा नेपाल समूह चरणमा बेहोरेको हारको बदल लिने प्रयासमा हुनेछ ।
समूह चरणको दोस्रो अन्तिम खेलमा
अफगानिस्तानले नेपाललाई ९ विकेटले पराजित गर्दै समूह विजेता बनेर विश्व
कपमा स्थान बनाएको थियो । वर्षाका कारण ७ ओभरमा छोट्याइएको खेलमा नेपालले
पहिले व्याटिङ गर्दै ३ विकेटको क्षतिमा ७३ रन बनाएको थियो, जसलाई
अफगानिस्तानले ४ बल बांकी छँदा मात्र १ विकेटको क्षतिमा भेट्टाएको थियो ।
नेपालले भने बुधबार भएको खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक ट्वान्टी–२० विश्वकपका लागि छानिएको हो ।
विश्वकप छनोटमा नेपाल र अफगानिस्तान
तेस्रो पटक आमने सामने हुन लागेका हुन् भने ट्वान्टी–२० क्रिकेटमा छैटौं
भेट हो, जसमा सबै खेल अफगानिस्तानले जितेको छ ।

0 comments
Write Down Your Responses