जातीय राज्यको भ्रममा नपर्नुस् : कोइराला

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादीले जातीय राज्यको भ्रम छरेर जनतलाई झुक्याइरहेको आरोप लगाउनु भएको छ । कोइरालाले एमाओवादीले जातीय द्वन्द्व फैलाउनका लागि जातीय राज्यको कुरा उठाइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नु भयो ।


नेपाली काँग्रेस संखुवासभाले चैनपुरमा आयोजना गरेको चुनावी सभालाई संवोधन गर्दै उहाँले काँग्रेस मुलुकमा सवै जातजातिको हितमा हुने खालको संघीयताको पक्षमा रहेको स्पष्ट पार्नु भयो । कोइरालाले चुनावको विरोध गर्ने नेकपा-माओवादी लगायतका दलहरु आफै समाप्त भएर जाने चेतावनी दिनुभयो । उहाँले कांग्रेसले चुनावमा बुहमत दिए एकभित्रैमा मुलुकलाई लोकतान्त्रिक संविधान दिने प्रतिवद्धता जनाउनुभयो ।


सभालाई सम्बोधन गर्दै काँग्रेस युवा नेता गगन थापाले संविधान सभाको निर्वाचनमा काँग्रेसले वहुमत ल्याउने दावी गर्नु भयो । थापाले मुलुकले विगतका चार वर्षमा चारवटा कम्युनिष्ट प्रधानमन्त्री पाएपनि जनताले विकासको गन्ध समेत नपाएको छर्लङ्गै भएको वताउनुभयो । कम्युनिष्टका कारण मुलुकमा गरीवी वढेको वताउँदै थापाले एमाले र एमाओवादी लगायतका पार्टीले गरीव जनतामाथि राजनीति गरेको आरोप लगाउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.