कल बाइपास गर्ने बाबु-छोरा पक्राउ
१३ मंसिर काठमाडौं । केन्दि्रय अनुसन्धान व्यूरोको टोलीले ललितपुरको लगनखेलबाट अबैद्य भीओआईपी कल बाइपास गर्दै आएका दुई जनालाई पक्राउ गरेको छ ।
लगनखेलस्थित मिना बराकोटीको घरमा कोठा
भाडा लिएर कल बाइपास गर्ने ५९ वषिर्या आनन्दराज जोशी र उनका ३० वषिर्य छोरा
सौगात जोशीलाई प्रहरीले हिँजो पक्राउ गरेको हो ।
सीआईबीले हालसम्म देशका विभिन्न ५८
स्थानहरुमा भीओआईपी विरुद्ध अप्रसन सञ्चालन गरी ८६ जना स्वदेशी र २२ जना
विदेशी गरी १ सय ८ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका
अभियुक्तविरुद्ध ९ अर्ब ९२ करोड ४८ लाख रुपैयाँ विगो दाबीसहित अदालतमा
मुद्दा दायर गरेको व्यूरोका प्रबक्ता इश्वरबाबु कार्कीले जानकारी दिनुभयो ।
![]() |


0 comments
Write Down Your Responses