वनका कर्मचारी र तस्करबीच झडप
कात्तिक, नवलपरासी । नवलपरासीको कावासोतीमा वनका कर्मचारी र वन तस्करबीच झडप भएको छ । इलाका वन कार्यालय कावासोती र त्रिभुवनटार रेन्जपोष्ट अग्यौलीको नियमित गस्ती टोली र बन कर्मचारीबीच गएराति झडप भएको हो । नवलपरासीको २८ विगाहादेखि पश्चिम सिंह निवास वन क्षेत्रमा हरियो सालको रुख काटिरहेका वन तस्कर र कर्मचारीबीच झडप भएको हो ।
२०/२५ जनाको समूह बनाए आएका काठ तस्करहरुले हरियो सालको तीन वटा रुख काट्दै गरेको अवस्थामा कर्मचारीले उनीहरुलाई भेटेका थिए । कर्मचारीले हवाई फायर गरेपछि उनीहरु त्यहाँबाट भागेका थिए । कर्मचारीले सो क्षेत्रमा ५ राउन्ड हवाई फायर गरेको त्रिभुवनटार रेन्जपोस्टले जनाएको छ । तस्करले प्रयोग गरेका ८ वटा साइकल र काठ चिर्दै गरेका तीनवटा आरा कर्मचारीले नियन्त्रणमा लिएका छन् ।
विजय चालिसे
0 comments
Write Down Your Responses