जनताले मलाई प्रधानमन्त्री भैदिए हुन्थ्यो भनेका छन् : ओली
काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले जनताले आफू प्रधानमन्त्री बनेको हेर्न चाहेको बताउनुभएको छ । अनलाइनखबरको मल्टिमिडिया पार्टनर एभिन्यूज टेलिभिजनलाई झापाको दमकस्थित आफ्नै निवासबाट दिनुभएको अन्तरवार्तामा नेता ओलीले प्रधानमन्त्रीको जिम्मेवारी पाए आफूले कुशलतापूर्वक सबैलाई मिलाएर अघि बढ्ने दाबी गर्नुभयो ।
अघिल्लो संविधानसभाको सबै स्वामित्व नलिने
एमाले नेता ओलीले अब बन्ने संविधानसभाले
अघिल्लो संविधानसभाले गरेका सबै कामको स्वामित्व नलिने बताउनुभयो ।
‘अघिल्लो संविधानसभा असफल हो, असफल संविधानसभाले गरेका सबै कामलाई स्वीकार
गर्नुपर्छ भन्ने छैन’ ओलीले भन्नुभयो-’राम्रा कामहरुलाई लिएर अघि बढिन्छ ।’
नेता ओलीले बाहिर चर्चा गरिएजस्तो माओवादी
विरोधी कहिल्यै नरहेको र गिरिजा प्रधानमन्त्री भएका बेला शान्ति
प्रक्रियाका धेरै काम आफूले गरेको बताउनुभयो । ०५२ सालमा माओवादीले जनयुद्ध
थाल्दा त्यो बाटो गलत छ भनेर आफूले सम्झाएको उहाँले स्पष्ट पार्नुभयो ।
एमाओवादीले निर्वाचनमा पराजय व्यहोरे पनि
राजनीतिमा यस्ता हारजीतबाट निराश बन्न नहुने उहाँले बताउनुभयो । आफूहरु
जेलमा बसेेका बेला राष्ट्रिय पञ्चायतमा एकजना पनि नरहेको भन्दै उहाँले
राजनीतमा धैर्यता चाहिने बताउनुभयो ।
![]() |


0 comments
Write Down Your Responses